राजकुमार लेखीलाई उम्मेदबार बनाउने घोषणा

वीरगंज, १३ मंसिर।

नेपाल आदिवासी जनजाति महासंघको आगामी महाधिवेशनमा थारु
कल्याणकारिणी सभाले आफना महामन्त्री राजकुमार लेखीलाई अध्यक्ष पदमा
उम्मेदवार बनाउने निर्णय गरेको छ।
यही पुष २५, २६ र २७ गते काठमाडौंमा हुन गइरहेकोले महाधिवेशनमा थारु
कल्याणकारिणी सभाको राजधानीमा आज बिहान सम्पन्न केन्द्रिय सचिवालय वैठकले
लेखीलाई आदिवासी जनजाती महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय
गरेको हो। त्यस अघि थारु कल्याणकारिणी सभाको सिराहामा सम्पन्न केन्द्रिय
समितिको वैठकले लेखीलाई आदिवासी जनजाति महासंघको महाधिवेशनमा उम्मेदवारी
दिने अख्तियारी सहितको प्रतिनिधि बनाउने निर्णय गरेको थियो।
थारु कल्याणकारिणी सभाको सचिवालयले लेखीलाई उम्मैदवार बनाउने निर्णय
गर्नुका साथै नेपालको आदिवासी आन्दोलनलाई पहाडी मधेशी ब्राम्हणवादी
गठवन्धनबाट खतरा रहेको निष्कर्षपनि निकालेको छ।

Comments (2)

  1. maheshowr says:

    ooo kuro testo po raichaaaa

  2. sobit says:

    ae ho hola hola

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad