दैनिक नारायणी टुडे र कृपा दैनिक पत्रिका जलाइयो

बारा, १४ मंसिर।

जिल्ला सदरमुकाम कलैयाको भरत चोकमा आज बिहान मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केहि कार्यकर्ताहरूले वीरगञ्जबाट प्रकाशिति दैनिक नारायणी टुडे र कृपा दैनिक पत्रिका जलाएका छन्।
अर्को स्थानीय सूर्योदय पत्रिका पसलका व्यापारी निरञ्जन कर्णलाई पनि उनीहरूले हातपात गरेका छन्।
बाराको बरियारपुरस्थित गढीमाई मन्दीरमा मङ्सिर ११ गते दर्शन गर्ने क्रममा उप-प्रधानमन्त्री तथा भौतिक योजना एवं निर्माणमन्त्री विजयकुमार गच्छदार सहितका मन्त्री तथा नेतालाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरूले कालोझण्डा देखाएर चप्पल प्रहार गरेको समाचार प्रकाशित गरेकोभन्दै उनीहरूले पत्रिका जलाएको बताएका छन्।
फोरम लोकतान्त्रिक बाराका अध्यक्ष रामबाबु साहको नेतृत्वमा रहेका युवाहरूको एक समुहले पत्रिका जलाएको बताइएको छ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad