संबिधानसभा बिघटन नाटकीय होहल्ला

risap-gautam
रिसब गौतम
राजनितिक खिचातानीको क्रम अघि बढी रहँदा कतिपय नेताहरुबाट संबिधानसभा बिघटनको वान्ता भित्रभित्रै हुदैछ भन्ने समेत बाहिर आयो । र क्रमिक रुपले दलहरु अहिले त्यहि इसु मा एकअर्का बिच भनाभन तथा आरोप प्रत्यारोप गर्न तल्लिन देखिन्छन । खिचातानीका लागि आबश्यक हतियारहरु रित्तिदै जाँदा एबं आफना अभिष्टहरु सोचेजस्तो पुरा नहुदाँ उनीहरुको अबको दरिलो हतियार लोकतान्त्रिक संबिधान बनाउन गठित ऐतिहासिक संबिधानसभाको बिघटन बनेको देखियो ।
संबिधानसभाको प्रसंग ००७ साल देखि उठेको भएतापनि झन्डै ६० बर्षको कालखण्ड पश्चात हाल त्यस्ाको गठन तथा निर्माण प्रकृया अघि बढिरहेको हो । त्यस अबधि भित्र कयौँ आन्दोलनहरु भए जनताका रगत र पसिनाले सडक भरीभराउ भए अनि कयौ आमाहरु सन्तान बिहिन भए भने कयौका सिन्दुरहरु पुछिए संबिधानसभा कै नाममा । संबिधानसभा गठन गणतन्त्रको ऐतिहासिक घोषणा सँगै भयो त्यो दुस्वत्न झै हुनपुग्यो यो देशका सम्पुर्ण साधनसो्रतमा एकलौटी हालीमुहाली गर्नेहरुको लागि । एकात्मक राज्य ब्यबस्था भत्काउने र संघात्मक राज्य ब्यबस्था स्थापना गर्ने राजनितिक मुद्धा आमुल परिर्बतनको अहम मुद्धा बन्यो । यो मुद्धाले संघीयता पुरानो राज्यसंरचना भत्काउने पहुच बिहिनहरुलाइ पहुचमा ल्याउने पहिचान हराएकाहरुको पहिचानलाइ समर्बद्धन गर्ने आर्थिक असमानतालाइ न्युनिकरण गदै लैजाने र नयाँ राज्यसंरचना स्थापना गर्ने बिषयमाथी प्रत्यक्ष सरोकार राख्दछ । भलै कयौँ मुद्धाहरु ब्ाहसमै छन तिको छिनोफनो पनि हुन बाँकी नै छन । तैपनि परिर्बतनको हुंकार स्पष्ट रुपमा बाहिर आएको छ । संघीयतालाइ नश्लबादी वा क्षेत्रबादी बनाउने कसरतहरु कतिपय बृतबाट नभएका होइनन ।तर ती कसरतहरु ज्ानताको सैहिष्णु जिबशैली र भरिदो चेतनाको बेगले पराजित गरिदियो । संबिधानसभा गठन भए देखि राजनितिक हठ जस्तो लाग्ने अनेकौ संर्घषहरु भइराखेका छन । ति संर्घषहरु प्ााटिहरु बिचका अहंकारजन्य मुठभेदजस्तो देखिन्छ । तर वास्तबिकता के हो भने पुरानो राज्यन्त्र भत्काउदा घाटालाग्नेहरु परिर्बतनको भिषण बेगलाइ छेक्ने कोसिस गरिराखेका छन । त्यसैको डरलाग्दो रुप पछिल्लो समयमा भित्र भित्रै वान्ता गरिदैछ भनेर खुलासा भएको संबिधानसभा बिघटनको प्रसंग हो । खासगरी यो खेल अल्पसंख्यिय पहुचवालाहरुले आफनो बिलासी राजनितिक हैसियत गुम्ने खतरा देखेर चालेकै हुनपर्छ । र त लडाँइहरु बिभिन्न रुपरङ्ग र आकारमा सतहमा निस्किएका छन ।
तर पनि संबिधानसभा बिघटन गर्ने दाउपेच तथा होहल्ला राजनितिक नाटक सिवाय केहि हैन भन्न सकिन्छ । त्यसका थुप्रै आधारहरु छन । संबिधानसभा कुनै ब्यक्ति दल वा संस्थाको जोडमा मात्र सृजना भएको अबश्य हैन । यो त साझा संर्घषको केन्द्रबिन्दु हो । समय सँगै आएको ऐतिहासिक राजनितिक परिर्बतन पनि हो । संबिधानसभाको मागलाइ मुखरीत गर्नेमा मुख्यतया जनताको २१औ शताब्दी स्तरीय चेतना बिश्व समुदायले प्रेसित गरेको आधुनिकरणको सन्देश र जनतामा पलाएको आमुल परिर्बतनको सोच नै हो । जनताले संबिधानसभाको स्वागतमा बषौ देखि यो वा त्यो रुपमा एकताबद्ध आन्दोलन गरेकै हुन । तर अहिले संबिधानसभाको गठन गरेर जनताले त्यो महान लक्ष्य हासिल गरिसके । तस्रथ अब कोही संबिधानसभा बिघटन गर्ने दिवा सपना देख्छ भने सपनामा उसले आाफनो इच्क्षा पुरा गरे गरोस । तर बिपनामा सम्भब छैन । जनता त्यस्ता धाक धम्की र नाटकबाट अलिकति पनि बिचलित हुन आबश्यक छैन । र बजारमा ति निरर्थक होहल्ला बारे बहस चलाएर समयको बर्बादी गर्नु पनि उपयुक्त हुन्न । संबिधानसभा कहाली लाग्दो आँधीहुरीजन्य ज्वारभाटा र सन्नाटारुपी कठोर परिस्थीति छिचोलेर गठन भएको हो । जनताको रगत पसिनामा मोझमस्त गर्न पल्केकाहरुले यस्ता हर्कत स्वभाबिक रुपमा गर्छन नै । कठिन भन्दा कठिन परिस्थीतिहरुलाइ सामना गदै त्याग गदै बलीदानी गाथाहरु रच्दै बनेको संबिधानसभाको बिघटन हैन की संबिधानसभा बिघटन गर्न चलखेल गर्नैहरुको बिघटन हुने बेला हो यो । उनीहरु आफुले आफैलाइ बिघटनको संघारमा उभ्याएको वास्तबिकता हो यो । जनताबाट तिरस्कित भएकाहरुले संबिधान बनेपछि आफनो खैरियत नभएको महसुस गरी यस्ता कदम चाल्न खोजेका हुनसक्छ । केही सर्तकता आबश्यक भएपनि यस्ता हल्ला र नाटकमा कतिपनि दम छैन । नेपालको बर्तमान आबश्यकता भनेको सबैको मिलेमतोमा राष्टिय सरकार सबैको भावना समेटिने जनमुखी संबिधान र वैज्ञानिक आधारमा दुरगामी संघीयताको निर्माण गर्नु नै हो । यी ऐतिहासिक कार्यभार पुरा गर्नतर्फ सबैको ध्यान खिच्नु जनताद्धारा अनुमोदित जनप्रतिनिधिहरुको हो । संबिधानमा समेटिनु पर्ने बिषयहरु माथी गम्भीर रुपमा बहस चल्नुपर्ने समयमा संबिधानसभा कै बिघटनको नचाँहिदो प्रसंगमा दलहरु एकले अर्कालाइ दोसारोपण गर्नु कागले कान लग्यो लगेन छाम्नु भन्दा पनि कागको पछाडी दर्गुनु जस्तै हो । यधपी दलहरुको सक्ता हत्याउने चालबाजी पनि हुनसक्छ । आफैले संबिधानसभाको माग गरेर बषौ आन्दोलन गर्ने फेरी संबिधान र संघीयता नै धरापमा पर्ने गरी सक्ता प्राप्तिको मार्गमा अघि बढने मनसाय यदी दलहरुले बोकेरै यस्ता बजारीया होहल्ला चालेका हुन भनेपनि त्यो जनताको जनादेश प्रति गद्धारी हो । सरकारको नेत्रित्व पनि आफैले गर्नै संबिधान र संघीयता निर्माणको जस पनि आफैले पाउनु पर्ने जस्ता एकोहोरो बालहठपना दलहरुले अब नत्यागेसम्म सिङ्गगो देशले निकास पाउन सक्दैन । सबै दलहरुले आपसी हठ त्यागेर ऐतिहासिक जिम्मेवारी पुरागर्ने तर्पु अघाडी बढनु जरुरी छ । संबिधानसभा बिघटन गरेर राष्टपति शासन लागु गर्ने आयोग मार्फत टालटुले संबिधान जारी गर्ने जस्ता कठमुलाबादी सोच र नियत पाल्नु अथवा त्यस्ता होहल्लालाइ अतिरन्जीत गरेर प्रमुख महत्वको बिषयलाइ ओझेलमा पार्नु भनेको दलहरुले देश र जनता प्रति अन्याय गरे सरह हो ।

लेखक गोर्खापत्र र नेपाल समाचारपत्रको लेखक हुनुहुन्छ

Comments (1)

  1. Pralad says:

    La dai ko Article malai chai ramro lagyo sambidhan savha bighatan garna kaha pahincha ra ?

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Nijgadh on Facebook

Add me on my Profile
??????? ????

Your ads Here

for ads

Advertizement

for ads