हतियारसहित वाइसिएल र भारतीय नागरिक पक्राउ

वीरगंज, १८ मंसिर ।
हतियारसहित एक वाइसिएल र भारतीय नागरिक पक्राउ परेका छन्।
आज दिउंसो ३ बजे भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका सिन्धुलीको जरायोटार-२ बस्ने शेरबहादुर राना र भारत, मोतिहारी मलाही गाउंका कृष्ण यादवलाई प्रहरीले नियमित चेकजांच गर्ने क्रममा अवस्थामा वीरगंज-१९ इनरवाबाट पक्राउ गरेको हो।
पक्राउ परेका राना वाइसिएल सिन्धुलीका एसिएम तथा पार्टी सदस्य रहेको प्रहरीले जनाएको छ। भारतको बेतिया नजिकैबाट रु १५ हजार ५ सयमा १ थान अमेरिकन पेस्तोल, २ थान म्यागजिन र सोमा लाग्ने १० वटा गोलीसहित प्रहरीले पक्राउ गरेको हो।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad