मिस्टर ह्याण्डसम वीरगंजमा हुने

वीरगंज, २० मंसिर ।
मिस्टर हयान्डसम प्रतियोगिता वीरगंजमा हुने भएको छ।
आज नारायणी एफएममा आयोजित एक पत्रकार सम्मेलनमा एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटा र काठमाडौंस्थित संजिवनी मिडिया र्सर्भिसेजसंगको सहकार्यमा मिस्टर ह्यान्डसम कार्यक्रम हुने भएको हो।
एसएलसी पास गरेका ३० वर्षसम्म उमेर पुगेका युवाहरुले प्रतियोगितामा भाग लिन पाउने छन। प्रारम्भिक चरणमा उनीहरुको विभिन्न प्रस्तुतीको आधारमा छनोट गरिनेछ। प्रतियोगीतामा प्रथम हुनेलाइ नगद पांच लाख, दोश्रो हुनेलाई नगद रु २ लाख र तेश्रो हुनेलाई नगद रु १ लाख दिइनेछ। यो पुरस्कारको व्यवस्था मुख्य आयोजक संजीवनी मिडिया र्सर्भिसेजले गरेको छ।
नारायणी उफएमले आयोजना गरेको मिस्टर ह्यान्डसमको उपाधि जित्ने पहिलो, दोश्रो र तेश्रोलाई आकर्षक उपहार प्रदान गरिनेछ। माघ १ गते पहिलो राउन्डको कार्यक्रम हुने भएकोले वीरगंज, कलैया, सिमरा, निजगढ, चन्द्रनिगाहपुर, गौर, हेटौडा लगायतका स्थानमा पुगेर यसका बारेमा नारायणी एफएमको टोलीले युवाहरुसंग भेटघाट गरी अन्तिम छनोट भने फागुन १ गते हुने कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad