पाउलान त गिरिजाले नोवेल ? ? ? ?
९ पुस,
शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल सरकारले पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बिहान सिंहदरवारमा वसेको मन्त्रिपरिषद् वैठकले शान्ति प्रकृयामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सो पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले कोइरालालाई सो पुरस्कार सिफारिसका लागि गर्नुभएको प्रस्ताव सर्बसम्मतीले अनुमोदन भएको उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले जानकारी दिनुभयो । अहिलेसम्म कुनैपनि नेपालीले सो पुरस्कार पाउन सकेका छैनन् ।
source ; onlinekhabar


