दण्डहीनताले जागिर छोड्नेक्रम बढ्यो

बारा, पुस ९

तराईमा बढ्दो दण्डहीनताले गाविस सचिवहरु जागिर छाड्न थालेका छन् । तत्कालीन सरकारले ५० बर्ष उमेर पुगी २० बर्ष सेवा गरेकोलाई सुविधा सहित स्वेच्छिक अवकास दिन सक्नॆ नीति ल्याएपछि त्यसैको मौका छोपेर तिनीहरुलाई जागिर छोड्न सजिलो भएको हो । बढ्दो असुरक्षासंगै चन्दा आतंक डर-धम्की र अमर्यादित व्यवहारबाट आजित भई काम गर्ने वातावरण नभएकोले बर्षौसम्म्ा जागिर सेवा अवधि हुँदाहुँदै आफुहरु अब सामाजिक प्रतिष्ठा जोगााउन अवकास लिन थालेको उनीहरु बताउँछन् । गत विहिवार विशुनपुरका गाविस सचिव सिताराम साहले आफुलाई सभासद सरोज यादवले गाविसको कार्यालय सहायकमा आफ्नो मान्छेको भर्ना नगरेको भन्दै दुव्र्यवहार सहित बेपत्ता पारिदिने धम्की दिएको बताए । बुधवार हरिहरपुरका सचिव राजेन्द्रलाल कर्ण उपर स्थानीयबासिन्दाले हातपात गरे । दुबैजना जागिर नगर्ने स्थितीमा पुगेको बताउँछन् । अमृतगंजका सचिव जयपत यादवले आफुलाई गाउँलेले चर्पीमा थुनेको बताए । यस्तो स्थितिले जागिरप्रति आकर्षण बढ्नुको साटो घट्दो छ । बारा जिविस अन्तर्गत प्रशासन फाँटका प्रमुख अनवर मंसुरका अनुसार ९८ गाविस रहेको यस जिल्लामा कुल ७८ गाविस सचिव मध्ये २० जनाले असार बाट अवकास लिएका छन् । अवकास लिएपछि सचिवहरुको अभाव भई गाविसको काम प्रभावित भएको छ । अवकासका लागि थुप्रैजना इच्छाएको मंसुरलॆ बताए । उनले भनेुसमाजमा अनुशासन छैन् कस्ौको मानमर्दन बुझ्ने कोही छैन् गाउँमा किचलोका कारण सचिवलाई काम गर्न मन लागेको छैन् ।ु यसअघि २० गााविसमा दरबन्दी भएपनि सो ठाउँ पहिले देखिनै रिक्त रहँदै आएको छ । एक जना सचिव सरुवा लिई मालपोतमा गएका छन् भने दुई जना जिविसमै हाजिर भई जगेडामा रहदै आएका छन् । अहिले मौजुद ५८ सचिव छन् । यतिले नै पुरै गाविस हेर्दै आएका छन् । यसमध्ये अधिकांस सदरमुकाममै बस्दै आएका छन् । एउटा सचिवलाई बढीमा तीन गाविस संचालन गर्न जिम्मा दिइएको मंसुरले जानकारी दिए । गाविस संचालनमा गम्भीर समस्या खडा भएको छ यस विषयमा छलफल हँुदंैछ आउँदो साउनको दोस्रो सातादेखि विषयगत कार्यालयबाट कर्मचारी मिलाउने तयारी भईरहेको उनको भनाई छ । तिनीहरु पिप्राढी लक्ष्मीपुर कोतवाली भोडाहा मझरिया मधुरीजब्दी बबुआइन रघुनाथपुर बेल्दारी बघवन बन्जरिया लिपनीमाल तेतरीया उत्तरझिटकैया बुनियाद र रौवाही गाविसमा कार्यरत थिए । प्रतिष्ठा नै रहेन भने केका लागि जागिर तीन गाविस एक्लै संचालन गर्दै आई अवकास लिएका रामबाबु यादवले प्रश्न गरे । ुसरकारी जागिर छाड्न कसको ईच्छा लागेको छ परस्थिती नाजुक देखेर बाध्यात्मक विकल्प अवकासलाई बनाएु उनले भनेुअब स्वतन्त्र भएर बाँच्न चाहन्छु ।ु सरकारले गाविस संचालनको लागि वैकल्पिक व्यवस्था गरेको भए अवकास लिदैन्थ्ो अवकास लिएका अर्का शेषनन्दनप्रसाद साहले बताए । ुविभिन्न बाहानामा सचिवलाई मार्ने धम्काउने थुन्ने-पिट्ने लगायतका कारण बन्यो अवकासु उनले भनेुएक महिना अघि अमृतगंज गााविसका सचिव जयपत यादवलाई कलैया अस्पताल परिसरमा रहेको चर्पीमा गाउँलेले थुन्दा बोलदिनेवाला कोही थिएन् यस्ता कति घटना छन् ।ु चन्दा नदिएकै कारण यहाँ दुई जना सचिवको हत्या र कति जनाको घरमा विस्फोटका घटना भएका छन् । स्थानीय निकायमा जनप्रतिनिधिको पदावधि आर्थिक बर्ष २०५८।२०५९ मा समाप्त भएदेखि सचिवहरुले दोहोरो गाविस अध्यक्षको समेत जिम्म्ोवारी सम्हाल्दै आएका छन् । उमेर एक बर्ष अझै बढी भएको भए अवकास लिन्थे गाउँको अनेक दबाब सहिनसक्नु भएको छ सुकी पथरा गाविसका सचिव लक्ष्मी चौधरीले आफ्नो ईच्छा व्यक्त गरे । ुदण्डहिनता र अराजक्तताले सिमा नाघेको छ उनले भने । गाउँमा बजेटको विषय लिएर विभिन्न समुहबिच आपसी िखंचातानी हुने गरेकाले सचिवहरु नराम्ररी प्रभावित छन् गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष शिवदयाल पासवानले बताए ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad