द्रुत सडक निर्माण चर्चाले निजगढको जमिनको मुल्य बृद्धि

गोकुल घोरसाइने
निजगढ
११ पुस
सरकारले काठमाण्डौबाट तराई जोडने द्रुत सडक फास्टट्याक्ट निमाण गर्ने प्रकृया शुरु गरेपछि बाराको निजगढमा घडेरी जमिनको मुल्य अप्रत्याशित रुपले बढेको छ ।
सरकारले निजगढको तामागढीमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल समेतलाई जोडने गरी काठमाण्डौ तराई जोडने फास्ट ट्याक्टको निर्माण गर्ने प्रकृया शुरु गरेपछि देशका बिभिन्न भागबाट निजगढमा जग्गा खरिद गर्न आउनेहरुको संख्या बढन थालेपछि यहाँको जमिनको मुल्य बढन थालेकेा हो ।
यसअघि प्रति कठ्ठा २ लाखमा खरिद बिक्री हुने महेन्द्र राजमार्गसंग जोडिएको घडेरीका मुल्य बढेर अहिले १० लाख भन्दा माथि पुगेको छ । घडरीसंगै निजगढमा खेति गर्ने जमिनको मुल्य समेत बढेको छ । कतिपयले निजगढमा जग्ाा प्लटिङ्ग गरेर घडेरी बिक्री गर्न समेत थालेका छन । द्रूत सडक र अन्तराष्ट्रिय विमानस्थल समेत निर्माण हुने भएपछि निजगढमा जमिनको मुल्य एक्कासी बढेको निजगढ गाविस १ का ऋषि अधिकारी बताउनु हुन्छ ।

सरकारले निर्माण स्ांचालन र स्वामित्व हस्तान्तरण बुट अन्तरगत काठमाण्डौको चोभारदेखि निजगढसम्मको सडक निर्माण गर्न इच्छुक दुई विदेशी लगानीकर्ता कम्पनीको छनौट गरेर निर्माण प्रकृया शुरु गरेको छ ।
भारतको रिलायन्स इण्डिया र कोरियाको ल्यान्डमार्क वल्र्ड वाइड अन्तिम प्रतिस्पर्धाको लागि छानिएको भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ । सरकारले यी दुबै कम्पनीसंग अनुरोध पत्र तयार पारेर औपचारिक प्रस्तावको लागि आह्वान गर्ने तयारी गरिरहेको बुझिएको छ । निर्माण प्रकृया योजना अनुसार सुचारु रुप्ाले अघि बढाउन सके एकदेखि डेढ बर्षभित्र सडक निर्माणको काम शुरु हुन सक्ने बताइएको छ ।
यो सडक निमार्ण भएपछि राजधानी काठमाण्डौबाट पुर्वी र मध्य तराइको दुरी झण्डौ २ सय किलोमिटरले छोटिने छ । अहिले काठमाण्डौबाट नारायणघाट हुदै निजगढ पुग्न करिव २ सय ७५ किलोमिटर पार गर्नु पर्छ । दु्रत मार्ग निर्माणपछि काठमाण्डौबाट निजगढ पुग्न ७७ किलोमिटर दुरी पार गर्नु पर्ने हुन्छ । निजगढबाट वीरगजको दुरी ४२ किलोमिटर मात्र रहेको छ ।
त्यसैगरी चोभारदेखि ४ लेन ५० मिटर चौडा उक्त सडकबाट निजगढसम्म एकदेखि डेढ घाण्टामा पुग्न सकिने छ । यसबाट ठुलो परिमाणमा ढुवानी र यात्रा लागत कटौति हुनुका सथै आवत जावतको समय पनि छोटिने छ ।
बागमति नदी पछ्याउदै जाने उक्त सडककालागि सुरुङ्ग पुल आदिकालागि विश्व बैङ्कको सहयोगमा जापानी परामर्शदाताले एक बर्षअघिदेखि विस्तृत परियोजना प्रस्ताव तयार पारेको थियो । बागमती र बकैया नदीमा झण्डै दुई दर्जन पुल र ३ ठाउमा डेढ किलोमिटर लामा सुरुङ्ग समेत निर्माण हुने छन ।
सडक निर्माण गर्ने कम्पनीले काम सकिएपछि सवारी साधनहरुसंग तोकिएको शुल्क लिएर करिव ३० बर्ष संचालन गर्ने छ । र त्यसपछि सरकरलाई हस्तान्तरण गर्ने छ ।
द्रुत सडक निर्माणको अहिले शंसोधित लागत ८० करोड अमेरिकी डलर करिव ५६ अर्व रुपैया हुनेछ । एक बर्षअघि सडकको लागत मुल्य ५० करोड डलर थियो ।
सरकारले बाराको निजगढ नजिक तामागढीस्थित टाँगियावस्तिको जमिन छनौट गरेर अन्तर्राष्र्ट्रय विमानस्थलको निर्माण प्रकृया पनि शुरु गर्न लागेकेा छ ।

Comments (4)

  1. Keshav Gautam says:

    la la aba chai mozz hunae vayoo nijgadh kaa laii . pragatii hudai 6 nijgadh ko

  2. khem gaire says:

    badai 6 hai nijgadh ko sathi hahru lai

  3. krishna ghimire says:

    la la mero pani badai 6 hai sathi haru laii .

  4. suraj says:

    la la aba nijgadh base kosin 2 guna rat 4u guna huna bhayo hoina ta nijgadh baseharu?

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad