माओवादीले कब्जा गरी सुकुम्वासीलाई दिएको जग्गा प्लटिङ्ग हुन थाल्यो ।

रमेश पाण्डे
निजगढ, पौष ११
तीन वर्ष अगाडी ए माओवादीले राष्ट्रिय जंगल अतिक्रमण गरी सुकुम्वासीहरुलाई वितरण गरीएको जमिन यतिखेर प्लटिङ्ग हुन थालेको छ । बाराको भरतगंज िसंगौल गाविस स्थित राष्ट्रिय वनक्षेत्रमा पर्ने करिव २० विगाहा जमिन मओवादीले २०६१ सालमा जवरजस्ति आपुनो कब्जामा लिइ मकवानपुर देखिका झण्डैै २ सय सुकुम्व्ासीलाई साझ-सिमाना छुट्टाई वितरण गरेको थियो ।
काठमाण्डौबाट बाराको निजगढ जोडिने फाष्टट्रयाकको सिलन्यास भए लगतै जग्ग्ाा खरिद विक्री गर्ने गिरोहहरुले निजगढको छिमेकी गाविस भरतगंज सिगौल १ र २ मा पर्ने माओवादीले वितरण गरेको सुकुम्वासीको जग्गा समेत छोडेका छैनन । माओवादी सिगौल गाविस प्रतिनिधि अमिरलाल चौधरीले भने-ुहामीले गाँसबास नभएका सुकुम्वासीहरुलाई जंगल फडानी गरी बसोबास दिएका हौ अव उनीहर आपुनो खुसिले वेच्छन भने भन्नु केहि छैन ।
माओवादी निजगढ इलाका सेक्रेटरी गोकर्ण सापकोटालाई पनि सुकुम्वासीको नाममा ८ कठ्ठा जमिन दिइएको थियो । उनले पनि प्रति कठ्ठा १ लाखमा वेचेको र अर्का माओवादी कार्यकर्ता शिव ढुङ्गेलले पनि २ कठ्ठा वेचेको माओवादी गाविस प्रतिनिधि चौधरीले वताए ।
स्थानीय माओवादीका नेता र दर्जनौ कार्यकर्ताहरुले समेत सुकुम्वासीको नाममा अतिक्रमीत जमिन हात पारेका थिए । हाल आएर उनीहरुले नै भट्टा भट विक्री गर्न थालेपछि अन्य ६० घर सुकुम्वासीहरुले समेत जमिन वेचर विस्थापीत भएका छन् ।
माओवादको सरकार हुदा अतिक्रमण गरीएको मध्ये आधा भन्दा वढि जमिन नम्वरीमा पास भएको थियो । जग्गा दलालीहरुले पास भएको जमिनको प्रति कठ्ठा २ लाख र नभएको प्रतिकठ्ठा जमिनको १ लाख दिएपछि सुकुम्वासीहरु वेच्न लागी परिरहका छन । जग्गा खरिद गर्नेहरुले नियम विपरीत प्यटिङ्ग गरी उच्च मुल्य मा खरिद गर्ने ग्राहक खोजीरहेका छन ।
बाराको निजगढमा अत्याधिक रुपमा मनोमानी तवरले जग्गाको खरिद विक्री भै रहेको छ । फास्ट ट्रयाक निजगढ को तामागढीमा जोडिने र अन्तराष्ट्रिय विमान स्थलको समेत को चर्चाले यहा जग्गाको मूल्य दश गुणाले वृद्धि भएको छ । नसोचेको मूल्य पाउदा निजगढका हजारौ साना किसानहरु विस्थापित हुने सिर्जना भएको छ । प्रतिकठ्ठा ३० लाख देखि अन्तिम ५ लाख सम्म यहाको दररेट रहेको छ । राजमार्ग क्षेत्रमा जोडीएको जमिन ३० देखि २५ २० र १५ लाख कठ्ठामा विकि्र भइरहेको छ । गाविसको ग्रामीण वस्तिहरुमा प्रतिकठ्ठा १०८ र २ लाख मुल्य रहेको छ ।
एकै व्यत्तिले १ विघा सम्म जग्गा खरिद गरी विना नक्सा र नियम विपरित प्लटिङ्ग गरी बाटो खुलाएर खरिद गर्ने व्यक्तिहरु को आखामा छारो हाल्ने काम पनि यहा उल्लेख्य देखिएको छ । उद्योगी व्यववायी राजनितिक दलका प्रतिनिधि देखि युवाहरु समेत जग्गाको कारोवारमा लागि परेका छन् । जग्गा वाला सँग वैना गरेर वाहिरका व्यापारी खोज्दै कमिशन लिएर वेच्ने गरेका छन । जग्गा कारोवारमा लागि परेकाहरुले जग्गा वाला सँग वैना मात्र गरेर कमिशनको खेलमा एकै व्यत्तिको जमिन दश पटक सम्म विकि्र भएको स्थानीय सर्वसाधारण शिव भण्डारीले वताए यस्तो प्रकि्रयाले निजगढका साना किसान प्रायः विस्थापित हुने र खेति गर्ने जमिन समेत यहु नभेटिने स्थानीय समाज सेवी सुरेश खनालले वताए । समयमै यसको निराकरण गरि अवैध तरिकाले जग्गा किन वेज र प्लटिङ्ग जस्ता कार्य रोक्नुपर्ने- समाजसेवी खनालले भने । निजगढमा जग्गा खरिद गर्न आउने प्रायः मारवाडी र नेवार समुदायका व्यक्तिहरु रहेका छ ।
फास्टट्रयाकले सरसामान आयात निर्यातमा समयको वचत र तराईबाट काठमाण्डौ चहलखेल गर्ने उद्योगीहरु उद्योग कलकारखाना राख्ने उद्देश्यले यहु जग्गा खरिद गर्न पनि आउने गरेका छन ।



नाम मात्र सुकुम्ब्सी सबै आफै खान लाई हो ।
अब त माओबादिको मन लाग्दी छ नी
तेस्तो चै न भनम न साथी
na bhanera k vannae ta ?
j bhaye pani afnai ho yaar gava gara keta
Actually this comment is for MR. Amir Lal Chaudari
Pratinedi garne Amir Lal Chaudhari G yadi tapai haru lee rokhna saknu hunna bhane kina paila teshari jaggha betraan garnu bho ta yesi jembawar bhaan gare pachi nebhawana pani jannu pani kartabhya ho so that yo sab bhayo ko karal
chai ma tya ko commety lai denchu jun bela sukambashi naam lee garda teti ka jagga paya pachi aile chai tesho garna na hune ho raa garna nee denu parne pani ho…………. bholi teni haru arko thu ma gaya raa bheri jungal phadani gari basna ke ber…?
Oh Ho! Nepal ma ta saccha baobadi le kam garne ani bharsta maobadi le khane matrai hudai cha!
Janata ta hereko herai!!