एउटै कोठामा दुईटा कक्षाका विद्यार्थी दुवैतिर फर्केर पढ्दै

निजगढ, पौष १२
एउटै कोठामा दुवैतिर एक-एक कालोपाटी त्यसमा छुट्टा छुट्टै कक्षाका विद्यार्थी र दुई शिक्षक । पढ्ने विद्यार्थी र पढाउने शिक्षक कसरी पढ्छन् /पढाउंछन् यहां उदाहरण छ भन्नु हुन्छ किन भवनको अभावले । यहां एक विद्यालयमा वर्षौदेखि यसैगरी पढ्छन् र शिक्षकले पढाउंछन् । यहां भवनको अभावले विद्यार्थी यसरी पढ्न र शिक्षकले पढाउन बाध्य छन् । बाराको फत्तेपुर-८ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खैरवाका विद्यार्थी र शिक्षकलाई यस्तो समस्या छ । यहां पांच सय विद्यार्थी छन् । दुई ब्लकमा दुई-दुई कोठा गरि जम्मा कोठा चार । शिक्षक पांच र एक पियन । कक्षा १ र २ ३ र ४ का विद्यार्थी एउटै कोठामा दुवैतिर पर्खेर आ-आफ्नै पाठ्यक्रम पढ्छन् । कक्षा ५ को कोठामा संगै एउटा कुन्नामा दराज टेबल कुसर्ी अर्थात अफिस छ । अभिभावक आउंदा कक्षा चलेको बेला बाहिरै बस्नुपर्ने बाध्यता छ । कि त काम परेको बेला उनीहरु विद्यालय छुट्टी भएपछि मात्र यहां आउने गरेको शिक्षकहरु बताउछन् । एउटा ब्लक २०५९ र अर्को २०६२ मा निर्माण भएको छ । तब पनि यस्तो समस्या । २०३७ सालमा यो विद्यालय स्थापना भएको हो । जिल्लाको पुरानो र उत्कृष्ट विद्यालयको सुचिमा यो विद्यँलय छ । ३१ औं शिक्षा दिवस २०६२ को अवसरमा यो विद्यँलयले शैक्षिक गतिविधि राम्रो संचालन गरेवापत उत्कृष्टताको प्रमाणपत्र र पदक हासिल गरेको छ । ब्लक नभएको अवस्थामा तीनवटा कक्षासम्मको पढाई एउटै कक्षामा हुन्थ्यो यहां २२ वर्षदेखि रहेका विद्यालयको प्रधानाध्यापक सुरेन्द्र चौधरीले भने । भवनको लागि शिक्षा कार्यालय सहितका कति ठाउं धांए केहि भएन उनले भने । विद्यार्थी र विद्यालयको भविष्यको लागि कसैले एउटा भवन बनाईदिए आभारी हुन्थ्यौ उनलाई भगवानै मान्थ्यौ फत्तेपुर-७ का अभिभावक वीरेन्द्र साहले भने । कोठामा कहिले काहि एउटै विषय दुवैतिर पढाउंदा विद्यँर्थीको ध्यान विकेन्द्रित र अलमल भईरहने शिक्षक अरुण चौधरीले बताए ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad