बिद्यार्थीको हत्या पछि वीरगन्ज बन्द
१२ पुस, वीरगन्ज ।
टिपरको ठक्करबाट हिजो मृत्यु भएको रिसव लिम्बुका आफन्तहरुले क्षतिपूर्तिको माग गर्दै गरेका प्रर्दशनका कारण आईतबार बिहानैबाट वीरगन्ज ठप्प भएको छ ।
आफन्तहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने र दोषी टिपर चालकलाई कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थी तथा मृतकका आफन्तहरूले आज बिहानैबाट प्रदर्शन गरेपछि वीरगन्ज बजार ठप्प भएको हो । उनीहरूले टिपरले व्याक गरेर विद्यार्थीको हत्या गरेको आरोप लगाएका छन् ।
बिहानैबाट बजारको मुख्य भागहरूमा प्रदर्शन भएका कारण वीरगन्जमा रहेका सम्पूर्ण शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखानामा बन्दको प्रभाव परेको छ । वीरगन्जबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पनि ठप्प भएका छन् ।
शनिबार ना.३ख ४१५२ नम्बरको टि्रपरले वीरगन्जको नगवाचोकमा ना.१३प १४१६ नम्बरको मोटरसाइकलाई ठक्कर दिादा वीरगन्ज १० का स्थानीय युवक रिसव लिम्बु सुब्बाको ज्यान गएको थियो ।
हत्याको बिरोधमा आक्रोशित समूहले शनिबार एक दर्जन सवारी साधनमा तोडफोड गरेको थियो । सुब्बा स्थानीय एक कलेजमा १२ कक्षामा अध्ययनरत बिद्यार्थी थिए ।
Source: onlinekhabar


