छोरा द्वारा बाबुको हत्या
निजगढ
१२ , पुष
बाराको निजगढमा एकजना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले आफ्नै बाबुलाई कुटी कुटी हत्या गरेका छन ।
वडा न ८ निवासी प्रकाश उप्रेतिले आफ्ना ५५ वर्षिय बाबु तारानाथ उप्रेतिलाई काठको चिर्पटले कुटेर हत्या गरेका हुन । हत्यारा प्रकाश अहिले प्रहरी हिरासतमा छन तर प्रहरिका अनुसार उनले हत्याको विषयमा केहिपनी वताएका छैनन ।


