नेपालमा नयां जातको आधुनिक प्रविधिबाट तरकारी खेती
निजगढ
१३ , पुष
यहां एक ताईवानी निजि कम्पनीले विभिन्न जातको तरकारी खेती आधुनिक र फरक प्रविधिबाट शुरु गरेको छ । नेपालमा यो जातको खेती पहिलो पटक परिक्षणको रुपमा सुरु गरिएको कम्पनी सम्बद्ध प्राविधिकहरुले दावी गरेका छन् । ताईवान नोन यु सिड ई प्रालिले गत एक महिनादखि सो तरकारी खेती सुरु गरेको हो । भारतको महाराष्ट्र पुणेमा सो कम्पनी सन् १९९९ मा स्थापना भएको उनीहरु बताउंछन् । बारा जिल्लाको सदरमुकाम कलैया नजिक सिसहनिया चोकको छेउमा बाह्र कठ्ठा जग्ग्ाामा गत महिनादेखि खेती सुरु गरिएको छ । सो खेती हेर्न किसानहरुको दिनहुं भिड लागिरहेको छ । भतौडा-५ का बिजुली महतोसंग जग्गाको लागि ६ महिनाको निम्ति सम्झौता गरी कम्पनीले २० भन्दा बढी जातको खेती सुरु गरेको हो । फसर्ी काउली बन्दा बोडी गोलभेडा खुसा्रनीलगायतको खेति गरिएको छ । यस बाहेक मकै र तरभुजा पनि छन् । एक जातको पांच छ प्रजाति छन् । ती जातहरुमध्ये यो खेती सुरु भएदेखि नेपाली किसान तथा कृषि प्राविधिकहरुरुको उत्साहसंगै त्यसप्रति चासो बढेको छ । तरभुजाको किरण विसाल सरस्वती प्राचि पि्रया मकैको वाईडजिन स्नोजिन प्रजाति छन् । यसैगरि गोलभेडाको तैनुजा वरस्या सुधारेखा काउलिको सन कुन्दन खुसा्रनीको सिवानि चांदनी प्रजाति छन् । ६० दिनमा यो तरकारी तयारी हुने उनीहरुको दावी छ । ती जातका तरकारी विउको प्रति १० ग्रामको पांच सय देखि दुई हजारसम्म भारतीय दर रहेको कम्पनीको तर्फबाट यहां खटिएका प्राविधिकहरुले बताएका छन् । भारतको महाराष्ट्र कलकत्ता कर्नाटका र राजस्थानमा यो जातको खेती गरिएको प्राविधिक ओमप्रकाश रामचन्द्र हत्तेले बताए । नेपाल छिमेकी राष्ट्रसंगै कृषि प्रधान देश भएको र यसमा बारा जिल्ला कृषिको लागि उर्वर भुमि भएको हुंदा यो ठाउंलाई परिक्षणको लागि उपयुक्त ठानि खेती सुरु गरिएको उनको भनाई छ । आउंदो एक महिना भित्र तरकारी तयार भएपछि प्रदर्शनी गरि यस्तो खेती गर्न यहांको किसानलाई प्रेरणा दिने उनले बताए । यहांको उत्पादन भन्दा गरिएको तरकारी खेतीको उत्पादन र मुल्य बढी हुने उनले दावी गरे । यसको फाईदा किसानले थाहां पाएपछि यसको विस्तार हुने आफुले विश्वास लिएको उनले भने । उत्पादन र व्यवसाय गर्ने ती संस्थाको लक्ष्य हुनसक्ने बारा कृषि विकास कार्यालयका प्रमुख होमेन्द्र गुरमैताको अनुमान छ । उनले यस्तो प्रविधि र जातको खेती नेपाली प्रचलनमा नरहेको बताए । पानी नजम्ने आवश्यक मात्रामा भुई सधै चिसो रहने घास झारपात नहुने किरा फट्याङ्ग्रा नलाग्ने अफ सिजन भएपनि विरुवालाई घामले असर नगर्ने प्रविधि अपनाई उनीहरुले खेती सुरु गरेका हुन् ।े माटोको विडलाई प्लाष्टिकले छोपी विरुवा लगाईएको छ । उक्त खेतीप्रति यहांको किसान र कृषि प्राविधिकहरुको आकर्षण बढेको गुरमैताले बताए । तर कम्पनीले कार्यालयसंग कुनै सरोकार र समन्वय नराखेको उनले बताए । यसबारे बुझ्ने काम भईरहेको उनले भने । खेतीको लागि प्राविधिक द्वय शम्भु गुरजर र हत्ते सहितको टोली रहेकाछन् ।


