तराईमा जाली नोटको कारवार गर्ने ६ जना पक्राउ

रमेश पाण्डे
बारा १३ र्पौष

मध्ये तथा पूर्वी तराईको विभिन्न जिल्लामा भारतीय तथा नेपाली जाली नोटको कारवार गर्ने २ महिला सहिद चार पुरुषलाई ईलाका प्रहरी निजगढले पक्राउ गरेको छ । प्रहरीले सुराकीको आधारमा उनीहरुलाई आइतवार साँझ ७ बजे निजगढ बजारको जमुना पैनीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विरगंज १८ बस्ने ४६ वर्षिया कमला विश्वकर्मा सोहि ठाउँका १५ वर्षिय चन्दन साह विरगंज ३ का ५१ वर्षिय रामचन्द्र साह बारा सिम्रन गढकी ४१ वर्षिया वचीया खातुन सोहि ठाउँका ३३ वर्षिय मुगले हजाम मिया र बारा अमृत ३ का ५१ वर्षिय लक्ष्मण साह रहेका छन ।
उनीहरुलाई पक्राउ गरि चेक जुच गर्दा केहि मात्रमा भारतीय पाँच सयको नोट फेला परेको थियो । सोमवार विहान प्रहरीले पक्राउ गरेको स्थानमा खोज तलास गर्दा फालीएको अवस्थामा भारतीय पाँच सयका एक सय पैतीस थान नेपाली एक हजार पाँच सय एक सयका गरी एक लाख भन्दा वढि जाली नोट फेला परेको सशस्त्र प्रहरी बेस निजगढ प्रहरी निरिक्षक तोरन अधिकारीले जानकारी दिएका छन । प्रहरीले फालीएको अवस्थामा एक थान मोवाइल सेट पनि वरामद गरिएको छ । उनीहरु सँगै रहेका अन्य दुई जना पुरुष भने भाग्न सफल भएको थियो ।
सोमवार विहान ईलाका प्रहरी निजगढले जिल्ला संचारकर्मीहरु माज बरामद नक्कली नोट र उनीहरुलाई सार्वजनिक गरेका छन । लामो सयम देखि नक्कली नोटको कारोवार गर्दै सर्वसाधरणहरुलाई आखामा छारो हाल्ने काम गर्दै एक साता देखि निजगढमा उनीहरु वस्दै आएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरेको थाहा पाए पछि उनीहरुबाट फसेका निजगढका स्थानीय सर्वसाधरण र खुद्रा व्यापारीहरु नक्कली नोट लिएर प्रहरी कार्यालयम आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
दुई दर्जन भन्दा वढि सर्वसाधरण र व्यापारीहरु प्रहरीकार्यालयमा नक्कली नोट वुझाउन आई सकेको ईलाका प्रहरीकार्यालय प्रहरी साहायक निरिक्षक रमेश श्रेष्ठले जानकारी दिए । विरगंजमा प्रहरी चेक जाँच कढा भएपछि बाराको विभिन्न वस्ती र शहरमा पसेको अभियूक्तहरुले वताएका छन ।
लामो समय देखि तराईका पसा्र बारा रौतहट सलार्ही महोतरी धनुसा लगाएतका जिल्लामा कारोवार आएका उनीहरुले प्रायः भारतीय पाँच सयका जाली नोटको कारोवारगरी सर्वसाधरणहरुलाई फसाउदै आएका छन ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad