ईटा उद्योगले गाँउमा वन विनास र बाढीको समस्या

गोकुल घोरसाइने
निजगढ १३ , र्पौष
bricks on head
जगंल सिमाना र खोलाको किनारमा खोलिएका ईटा उद्योगले बाराको निजगढ गाविसमा वन विनास र बाढी पहिराकॊ समस्या उत्पन्न गराएको छ ।
वन क्षेत्रको सिमानामा नियम विपरित खुलेका उद्योगहरुले राष्र्टि्रय वनबाट हरिया रुख काटेर ईटा पोल्ने र खोला किनारको जमिनमा जथाभावी खाल्टो खनॆर माटो निकाल्न थालेपछि गाँउमा एकै पटक दुई वटा समस्या उत्पन्न गराएकॊ हो ।
वन कार्यालयले नियम विपरित जंगल क्षेत्र नजिक उद्योग संचालन गर्ने अनुमति दिएकाले गाँउमा वन विनास र बाढीको खतरा बढाएको निजगढ ७ की मिना लामाले बताइन ।
खोला किनारामा माटो खनेर बनाइएका ईटा जंगलका हरिया रुख काटेर पोल्ने गरेकालॆ गाँउमा बाढी पहिरो र वन विनास बढेको उनले बताइन ।
उद्योगहरुले केही स्थानीय बासिन्दालाई प्रयोग गरेर वनका हरिया रुख काटेर दाउरामा प्रयोग गर्दै आएका छन । जंगलमा पसेर दिन भरी काटेका हरिया रुख गाँउहरुले रात परेपछि गाडामा राखेर सिधै उद्योगमा फएर बेच्ने गरेका छन ।
उद्योगमा प्रति टायर गाँड दाउरा एक हजार रुपैयामा बिक्री हुने गरेको छ । जंगलको रुख काटेर दाउरा बेच्ने पेशा गर्नेहरुको संख्या गाँउमा ४ दर्जन भन्दा बढी रहेको छ ।
जंगल नजिकै रहेकाले उद्योगहरुलाई चोरीको दाउरा प्रयोग गर्न सजिलो भएको हो । वन कार्यालयबाट रात्रि गस्ति नगरेकाले वन विनास नियन्त्रण हुन नसकेको हो । उद्योगहरुमा प्रतेक रात चारीका दर्जनौ टायर गाडा दाउरा खपत हुने गरेको छ ।
जमिनमा जथाभावी खाडल खनेर उद्योगहरुले माटो निकालेका कारण गरेको भुक्षयले गाँउमा बाढी पहिरोको खतरा समेत बढाएको बताइएको छ । खोला किनारको जमिनबाट खाल्टो खनेर ईटा पार्न उद्योगहरुले ठुलो परिमाणमा माटो निकाल्न थालेपछि वस्तितर्फको जमिनको सतह गहिरिएर गाँउमा जुनसुकै बेला पनि बकैया खोलाको बाढी पस्ने खतरा रहेको लामाले बताइन ।
डेढ दशकअघिदेखि संचालन हुदै आएका उद्योगहरुले बर्षेनी ठुलो परिमाणमा माटो निकालेपछि खोला बगरको भन्दा वस्तितर्फको जमिनको सतह होचो बन्दै गएको छ ।
वन ऐनले जंगल क्षेत्रको २ किलो मिटर भित्र ईटा उद्योग खोल्न नपाइने व्यवस्था गरेको छ । तर निजगढ गाविसमा वनको सिमाना र बकैया खोलाको किनारमा नियम विपरित ७ वटा ईटा उद्योगहरु संचालनमा रहेका छन ।
यी मध्ये ४ उद्योग जंगल सिमा क्षेत्रसंग जोडिएका र बाँकी पनि वनको सिमानाबाट एक किमी भित्र रहेका छन ।

Comments (2)

  1. uday subedi says:

    यस्तो कुरा मा समयमै बीचार नगरेमा ठुलो समस्य्य बेहोर्नु पर्छ। तसैले सबै यस प्रती सजग हुनु पर्दछ। न्युज को लागि स्वागत

  2. sudip says:

    ko ho yo mina vane ko

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad