तराईामा हात्तिको प्रकोप

गोकुल घोरसाइने
बारा १४, पौष

मध्य र पुर्वी तराईमा जंगली हात्तिको उपद्रोह अहिलेसम्म पनि जारी छ ।
मध्य तराईको बारा पसा्र र रौतहट र पुर्वी तराईको सर्लाहीदेखि झापा जिल्लासम्म्ाका गाउँघरमा परेर जगंली हात्तीको बथानले स्थानीय बासिन्दाहरुको ज्यान लिने घर भत्काइदिने र खेतवारीमा लगाएको ठुलो परिमाणको बाली खाएर किसानहरुलाई दुख दिदै आएका छन । जगंली हात्तिले गाउँलेहरुलाई हरेक बर्ष साउनदेखि मंसिर माहिनासम्म यसरी दुख दिर्दै आएकॊ छ ।
हात्तिको आक्रमणमा परेर यो बर्ष बारा र रौतहट जिल्लामा २ जानको ज्यान गइसकेको छ भने र पुर्वी तराईको सिराहामा मात्र ७ को मृत्यु भएको छ ।
मध्य तराईमा पसा्र वन्य जन्तु आरक्षको जगंलबाट निस्किएको हाँित्तको बथान र पुर्वी तराईमा स्थानिय रैथाने र झापामा भने भरतबाट आएका हात्तिको बथानले उपद्रोह मच्याउने गरेका छन ।
तराईमा प्रतेक बर्ष हात्तिको आक्रमणबाट दर्जनौको ज्यान जाने गरेको छ भने हजारौ हेक्टर क्षेत्रमा किसानहरुले लगाएको बाली हात्तिले खाएर नष्ट पार्दै आएका छन । किसानले खेतवारीमा लगाएको धान मकै र उखु बाली हात्तिले खाएर नास गर्ने गरेको छ । ती जिल्ल्ााहरुका जगंल छेउछाउका बस्तिहरुमा हात्तिको प्रकोप बढी रहेको पाइएको छ ।
तराईको जंगलमा हात्तीडण्डा हात्ती हिडने बाटो मा बस्ति बस्ााइन थालेपछि ती क्षेत्रहरु हात्तीको प्रकोप देखा परेकॊ विज्ञहरुले बताएका छन ।
पसा्र वन्य जन्तु आरक्षका वार्डेन बावुराम गोपाली यादव मानिसले हात्तीडण्डाको जंगल नासेर वस्ति बसाएकाले ती क्षेत्रमा केही बर्ष यता हात्तीको प्रकोप बढेको जगली हात्ती र मान्छेबीचको द्वन्द बिषयमा विद्यावारिधि समेत गरिरहनु भएका वार्डेन यादवले बताउनु भयो ।
हात्ति घुम्ने र चर्ने जंगलमा मानवबस्ति बसेपछि आहारको खोजीमा हात्तिको बथान गाउँमा पस्ाको र हात्तिकॊ आक्रमणमा परेर सर्वसाधारणले ठुलो धनजनको क्षति बेहोर्नु परिरहेको बताइएको छ । जंगली हात्तीको बथान प्राय सधै एउटै डण्डाको प्रयोग गरेर आहाराको खोजीमा एक ठाउको जंगलबाट अर्को जंगलमा आवत जावत गर्ने गर्दछन ।
हात्तीको बथानले लामो दुरीको यात्रा गर्दा पहिलैदॆखि प्रयोग गर्दै आएको एउटै बाटोको प्रयोग गर्ने र डण्डामा परेका गाविसहरुका बासिन्दाहरुलाई हात्तीले आक्रमण गर्ने बाली खाने र घर भत्काउने गरेको यादव बताउनु हुन्छ ।
पसा्र वन्य जन्तु आरक्षको जंगलमा रहेका हात्तीको बथान बषौै्रदेखि पश्चिममा नारायणी र पुर्वमा सर्लाहीको बागमती नदीसम्मको जंगलमा आहाराको खोजीमा विचरण गर्दै आएका छन । आहाराको खोजीको क्रममा आरक्षबाट जंगलबाट निस्किएका हात्तिले यस क्षेत्रको जंगलाम उपद्रोह मच्याउने गरेका छन । आरक्षमा ३ दर्जनको संख्यामा हात्तीको बथान रहेको अनुमान छ ।
सिराहा सप्तरी र झापामा देखा पर्ने हात्तिको संख्या पसा्र वन्य जन्तुआरक्षको भन्दा ठुलो रहेको बताइन्छ । यहाँको बथानले कोशी नदी पश्चिमका जिल्लालाई आधार बनाएर आवतजावत र घुमफिर गर्ने गरेका छन ।
हात्तिको प्रकोप देखा परेको भनिएका बारादेखि झापा जिल्ल्ाासम्मका सबै गाविसहरु केही दशक अघिमात्र हात्ति डण्डाको जगंल फडानी गरेर बसाइएका हुन । पहाडबाट बसाइसरेर तराईमा झर्ने क्रम तिब्र भएपछि ४ ५ दशक अघि यहाँको जंगल फडानी गरेर आवादी गरिएको हो । यो क्षेत्रमा जगंल फडानी गर्ने क्रम अहिले पनि जारी छ ।
जंगल फाडेर मानिसले हात्तीको चरण क्षेत्र विनास पारेपछि हात्ती गाउँमा नपस्ोर कहाँ जावस । यादव भन्नु हुन्छ । हात्ती गाउँमा पसेको होइन । मानिसले पो जंगलमा पसेर हात्तीलाई दुख दिदै आएको छ । उहाँले भन्नु भयो ।
वन फडानी र तिव्र जनसंख्या बृद्धिले तराईको यो क्षेत्रमा आगामी दिनहरुमा हात्तीको प्रकोप अझै बढदै जाने यादव बताउनु हन्छ ।
फडानसंगै जगंलमा हात्तीको आहाराको रुपमा रहेकॊ बाँस केरा र लहरे जातका घाँस जस्ता वनस्पति लोप हुदै गएकाले पनि बस्तिमा हात्ति पस्न थालेको बताइन्छ । वन अतिक्रमण र अति चरणले पनि जंगल पातलिने क्रम बढदो छ । किसानहरुले पालेका घर पालुवा पशु जगंलमा चराउनाले जंगलमा हात्तीको आहारमा कमी आएको हो ।
जंगलमा आहारा कमी हुदै गएपछि हात्तीको बथान दिनभरी जंगलमा बस्ने र रात परेपछि बस्ति र किसानहरुको खेतवारीमा पसेर बाली खाने गरेका छन ।
हात्ति धपाएर बाली जोगाउन प्रभावित क्षेत्रका किसानहरुले रातभरी जाग्राम बसेर गस्ति गर्ने गेरेको भएपनि प्रकोप नियन्त्रणमा आएको छैन । विधुतिय र काडे तारको प्रयोग पनि हात्ति नियन्त्रण गर्ने काममा असफल देखिएका छन ।
हात्ति नियन्त्रण गर्ने नाममा कतिपय अवस्थामा किसानहरुले हात्तिको बथानमा जथाभावी आक्रमण समेत गर्दै आएका छन । यस्तो कामले प्रकोपमा कमी आउनुको साटो हात्ति अझै आक्रमक बनेर समस्या अझै बढने बताइएको छ ।
तराईमा जैविक मार्गको निर्माण गरेर हात्तिको प्रकोप नियन्त्रण गर्नु पर्ने यादव बताउनु हुन्छ । परम्परागत रुपमा हात्ति हिडदै आएको बाटामा पर्नेे जंगलको संरक्षण गरेर जैविक मार्ग निर्माण गर्नु पर्ने उहाँले बताउनु भयो ।
त्यसैगरी जंगली हात्तीको प्रकोपबाट सुरक्षित हुन किसानहरुले परम्परागत कृषि बाली लगाउन छोडनु पर्ने वार्डेन बताउनु हुन्छ । किसानहरुले अन्न बालीको सट्टा अदुवा बेसार कुरिलो जस्ता नगदे र तोरी आलस र सुर्यमुखी फुल जस्ता तेलहन बाली लगाएर क्षेति कम गर्न सकिने उहाँले बताउनु भयो । हात्तिले यस्तो बालीे नखाने हुदा क्षेति कम हुने बताइन्छ ।

Comments (2)

  1. umesh says:

    Dai good news

  2. sandeep says:

    jangal, jangali hati ko ghar ho ra kasaiko ghar ma kohi aru pase na ramro man6 ho yaha pani tyahi vayeko 6 jangal phadani garera jangal masnu, ghar banaunu ramro hoina bichara jangali hati jane kata tapai usko jangal mase jangal ma ghar banaye. tyasaile priya saathi aphno galti hernus katai tapai le hati sanga satrutaa ta gardai hunuhunna.

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad