बीरगंजमा खैरो हेरोईन सहित एक भारतीय पक्राउ

बीरगंज १५ पौष

पर्सा प्रहरीले बीरगंजको छपकैया नजिकबाट प्रतिबन्धित लागु औषध १ सय ९० ग्राम खैरो हेरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी रामगढवा थाना चुडिहारपट्टी गाउ निवासी राजेश पासवान रहेका छन् । रक्सौलतिर बाट टेम्पोमा चढी आएका पासवानलाई प्रहरीले साझ चेकजाचको क्रममा उनको साथबाट सो परिमाणको खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।
बजार मुल्य अनुसार करिव तीन लाख रुपैया पर्ने खैरो हेरोईन रक्सौलका रविन्द्र भन्ने ब्यक्तिले बीरगंजको नया बसपार्क पुर्‍याई दिए आफुलाई पाच सय रुपैया दिने शर्तमा बीरगंज लिएर आउदै गर्दा प्रहरीले बाटोमै पक्राउ गरेको पासवानले बताए । तीन वटा पाकेटमा राखिएको सो हेरोईन लिएर नया बसपार्कमा पुगेपछि फोन गर्ने र मानिस आएर लिएर जाने शर्तमा आफुले सो सामान लिएर आएको पासवानले बताए ।
पक्राउ परेका पासवानलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी निरिक्षक भुवनेश्वर साहले बताउनु भएको छ ।

Comments (1)

  1. BJ Bantawa says:

    AJab gajab hunchha nepal maa ke bhanne sabi kuraa ko tungo nabhae pachhi…

    thanks bro for you effort….

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad