गोली प्रहारबाट तीन माओवादी कार्यकर्ताको हत्या

गोकुल घोरसाइने
बारा
पुष २४
goli

अज्ञात समुहको गोली प्रहरबाट बारामा भोजपुरा राज्य समितिका एक सदस्य सहित एकिकृत माओवादीका तीन कायकर्ताको बुधवार राति मृत्यु भएको छ । घटनामा दुई माओवादी कार्यकर्ता घाइते बनेका छन ।
मृत्यु हुनेमा बाराको गंजभवानीपुर गाविस २ निवासी राज्य समिति सदस्य ३५ बर्षिय रामप्रकास यादव गंजभवानीपुर गाउँ कमिटी सदस्य दारा यादव र सोही गाविस ९ का २७ बर्षीय अम्बिका महतो नुनिया रहेका छन् ।
जिल्ला विकास समितिका इन्जिनियर मेघु जैसवालले गाउँमा संचालन गरेको ईटा भट्टाको उद्घाटनको अवसरमा भोज खाएर तीन वटा मोटरसाइकलमा फर्किरहेका बेला राति ९।३० बजे बाटोमा लुकेर बसेका आठ दश जनाको समुहले अत्याधनिक हतियारले एक्कासी गोली प्रहारबाट अम्बकिको घटनास्थलमा र घाइते दाराको जिल्ला अस्पताल कलैया र रामप्रकाशको वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पातालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ  । घटना स्थलमा एस एम जीमा प्रयोग हुने ९ एमएमको गोलीको खोका फेला परेको प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले जानकारी दिनु भयो । आक्रमणकारीहरुले माओवादी कार्याकताहरु चढेको मोटरसायकललाई दुवै तिरबाट घेरा हालेर एस एम जि चलाएको प्रतक्ष्यदर्शीहरुले बताएका छन ।
सो घटनामा एकिकृत माओवादी बारा क्षेत्र नं। २ का क्षेत्रीय सेक्रेटरी कन्हैया यादव र गाउँ कमिटीका सदस्य सियाराम कुशवाहा गोली लागेर गम्भीर घाईते भएका छन् । । घाइते कन्हैयाको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पातालमा उपचार हुन नसकी थप उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अर्का घाईते सियारामको वीरगंजमै उपचार भईरहेको छ । कन्हैया मृतक रामप्रकाश यादवका दाजु हुन भने अर्का घाईते मृतक दारा यादवको नातामा भान्जा पर्दछन । कन्हैया यादवलाई तीन गोली लागेको प्रहरीले बताएको छ ।
जिल्लामा अपराधिक समुहले बारम्वार हत्याको धम्की दिने गरेकाले कन्हैयाले सुरक्षाको लागि प्रहरीबाट गत बर्षदेखि लिएको सुरक्षा गार्ड डेढ महिना अघि मात्र उनकै सहमतिमा प्रहरीले फिर्ता लिएको थियो ।
इन्जिनिय जैसवालको भट्टामा माओवादी क्षेत्रिय सेक्रेटरी कन्हैया यादवको समेत सेयर रहेको स्थानीयबासिन्दाले बताएका छन् । घटना स्थल सदरमुकाम कलैयाबाट चार किलो मिटर पुर्वमा पर्दछ ।
माओवादीका कार्यकर्ताहरुमाथि भएको सामुहिक आक्रमणको यो घटना गम्भीर प्रकृतिको देखिएकाले जिल्लाका विभिन्न स्थानमा र सिमावारी भारतमा समेत प्रहरी परिचानल गरेर विशेष सर्च सुरु गरेको उपरीक्षक पोखरेलले बताउनु भाएको छ । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरि सुरक्षा कडा बनाईएको छ । घाईते कन्हैया गाउँ नजिकैको दहियार स्थित एक विद्यालयमा अध्यापन पनि गराउँदै आएका छन् ।
घटनाको जिम्मा तराईमुक्ति मोर्चा नामको भुमिगत संघठनले लिएको छ । मोर्चाको बारा पसा्र र रौतहटका सैन्य कमान्डर अग्निले संचारकर्मीलाई टेलिफोन गरी जिम्मा लिएका छन् । मोर्चाले एक बर्षअघि जिल्ल्ाको डुमरवाना गाविसका माओवादीका कार्यकर्ता लिला लामिछानेको हत्याको जिम्मा पनि लिएको थियो ।
यसैबीच एकिकृत माआवादीले घटनाको विरोधमा बिहिवारबाट बारा पसा्र र रौतहट बन्दको आह्वान गरेको छ ।  माआवादी भोजपुरा सेक्रेटरी अन्जना विसङ्खेले आफनो पार्टीको कार्यकर्तामाथि सुनियोजित आक्रमण भएको भन्दै घटनामा संलग्न भएकालाई्र छानबिन सहित पक्राउ गरी कारबाही गर्नुपर्ने मृतकलाई सहीद घोषणा गरी क्षतिपुर्ति दिनुपर्ने र घाईतेहरुको उपचारको व्यवस्था मिलाउनु पर्ने माग गरेकी छिन् । घटनाको विरोधमा तीनै जिल्लाको जनजिवन पंभावित बनेको छ । बाराको कलैया निजगढ सिमरामा माओवादी बन्दको अत्याधिक प्रभाव देखिएको थियो । बन्दका कारण कलैया -वीरगंज पुर्व पश्चिम लोकमार्ग र पथलैया-वीरगंज सडमा यातायात संचालनमा आउन सकेनन । माआवादीले कलैयामा दिउसो मृतकको शव बोकेर जिल्ला सदरमुकाम कलैयामा जुलुस प्रदर्शन गरी भरत चोकमा कोण सभाको आयोजना गरेका थिए ।
यसैबीच माओवादीले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै कार्यकर्ताहरुले जिल्लाको निजगढस्थित तामागढीको जंगलमा नागरिक दैनिकको पत्रिका ओसार्ने बा ५ च। ८६९० नम्बरको जिपमा तोडफोड गरेका छन ।

Comments are closed.

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad