बारा हत्याकाण्ड ठूलै शक्ति केन्द्रको आडमाः माओवादी
एकीकृत नेकपा माओवादीले बारा हत्याकाण्ड ठूलै शक्ति केन्द्रको आडमा गुरुयोजनासहित भएको आरोप लगाएको छ ।
महासचिव रामबहादुर थापाद्वारा बिहीबार हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “गोलीप्रहारमा एस.एम.जी.लगायतका अत्याधुनिक हतियारको प्रयोग हुनु र ३०-३५ जनाको ठूलो जत्थाको सहभागिता हुनुले हत्याकाण्ड ठूलै शक्तिकेन्द्रको गुरुयोजनाअन्तर्गत तयार गरिएको फौजी तालिमप्राप्त प्रतिक्रान्तिकारी गिरोहबाट गराइएको प्रस्ट हुन्छ ।”
उहाँले राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति र नयाँ संविधान निर्माणको लागि आफ्नो पार्टीले चौथो चरणको सङ्घर्षको घोषणा गरेलगत्तै यसप्रकारको जघन्य हत्याकाण्ड गराइनु कुनै संयोगमात्रै नभई सुनियोजित भएको टिप्पणी गर्नुभएको छ ।
माओवादीले हत्याकाण्डको सर्वपक्षीय छानबिन, दोषीमाथि कारबाही, मृतकहरूलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था र मृतकका परिवार एवम् घाइतेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग माग पनि गरेको छ ।
माओवादीले हत्याकाण्डको प्रतिरोधमा सडकमा आउन पनि सम्पूर्ण भोजपुरावासीलाई आग्रह पनि गरेको छ ।
बाराको गञ्जभवानीपुरमा गएराती हतियारधारी समुहको गोली प्रहारबाट माओवादीका राज्य समिति सदस्य रामप्रकाश यादव, बारा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सदस्य दाराप्रसाद यादव र गञ्जभवानीपुर गाउा समिति सदस्य अम्विका महतो ‘नुनिया’ घटनास्थलमा मृत्यु भएको थियो भने बारा जिल्ला समिति सचिवालय सदस्य कन्हैयाप्रसाद यादव र क्षेत्रीय समिति सदस्य सियारामप्रसाद कुशवाह गम्भीर घाइते भएका छन् ।
हत्याको विरोधमा माओवादीले बिहीबार भोजपुरा राज्य बन्द आव्हान गरेको छ । बन्दका कारण बारा, पर्सा र रौतहटको जनजीवन प्रभावित भएको छ ।
हत्याको तराईमा सशस्त्र संघर्ष गरिरहेका तराई मुक्ति मोर्चाका बारा, पर्सा र रौतहटका सैन्य कमाण्डर अग्नीले स्थानीय सञ्चारमाध्यमहरुलाई टेलिफोन गरि जिम्मा लिएको थियो



[...] This post was mentioned on Twitter by Nijgadh.com , Nijgadh.com . Nijgadh.com said: बारा हत्याकाण्ड ठूलै शक्ति केन्द्रको आडमाः माओवादी for more news visit http://nijgadh.com/archives/1410 http://bit.ly/4DN7Xm [...]