एकिकृत माओवादीको बन्द फिर्ता

गोकुल घोरसाइने

बारा
आफना ३ कार्यकर्ताको गोली हानी हत्या गरिएको विरोधमा एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको भोजपुरा राज्य समितिले बारा पसा्र र रौतहट जिल्लामा दुई दिनअघिबाट घोषणा गरेको अनिश्चितकालिन बन्द शुक्रवार दिउसोबाट फिर्ता लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा माओवादीका जिल्ला स्तरीय नेता र स्थानीय प्रशासनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने सहमति भएपछि बिहिवार बिहानदेखि आह्वान गरिएको बन्द साझ ४ बजेबाट फिर्ता भएको हो । मृतकलाई शहिद घोषणा दोषिमाथि कारवाही पिडित परिवारमा क्षेतिपुर्ति र घाइते कार्यकर्ताहरुको निशुल्क उपचार गर्ने सहमाति भएपछि आफनो बन्द फिर्ता भएको माओवादी बारा जिल्ला सेक्रेटरी शम्भु मण्डलले जानकारी दिनु भयो । पडित परिवारलाई १५ दिनभित्र क्षतिपुर्ति वापत प्रतिव्यक्ति १ लाख ५० हजार रुर्पैया उपलव्ध गराउने सहमति भएको समेत मण्डलले जानकारी दिनु भयो ।
माओवादीका माग पुरा गर्ने बारेमा गृह मन्त्रालयबाट फ्याक्स मार्फत जिल्ला प्रशासन कार्यालयमा दिउसो ३।३० बजे पत्र प्राप्त भएपछि सहमाति बनेको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानकारी दिनु भएको छ । गृहमन्त्री भिम रावल र एकिकृत माओवादीको मधेस राज्य व्युरो इन्चार्ज एवं स्थायी कमिटी सदस्य गिरीराजमणी पोख्रेलबीच माओवादीले राखेका माग पुरा गर्ने बारेमा काठमाण्डौमा सहमति बनेपछि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो ।
वार्ताको प्रमुख जिल्ला अधिकारी गौतम र प्रहरी उपरीक्षक महेन्द्र पोखरेल र माओवादीको तर्फबाट जिल्ला इन्जार्ज हरी चौलागाई र सेक्रेटरी मण्डल लगायतका जिल्ला स्तरीय नेताहरु सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालयमा दिउसो डेढ बजेबाट वार्ता शुरु भएको हो ।
तराई मुक्ति मोर्चाको आक्रमणबाट ३ कार्याकर्ताहरुको बुृधवार राति बाराको गंजभवानीपुर गाविसमा ज्यान गएपछि एकिकृत माओवादीको भोजपुरा राज्य समितिले बिहिवार बिहानबाट बारा पसा्र र रौतहटमा अनिश्चितकालिन बन्द आह्ावन गरेको थियो । मोर्चाको आक्रमणमा गोली लागेर भोजपुरा राज्य समितिका सदस्य रामप्रकास यादव सहित तीन कार्यकर्ताहरुको ज्यान गएको थियो । घटनामा माओवादी बारा जिल्ला कमिटिका सदस्य कन्हैया यादव सहित थप एक माओवादी कार्यकर्ता गंभिर घाइते बनेका छन ।
हत्याको विरोधमा माओवादीले गरेको बन्द आह्ावानले मध्य तराईको बारा पसा्र र रौतहतको जनजिवन शुक्रवार दिनभरी पनि प्रभावित बनेको थियो ।
माओवादी कार्याकर्ताहरुले बन्दको अभज्ञा गरेको भन्दै पुर्व पश्चिम राजमार्गको  निजगढ पथलैया सडक खण्डमा शुक्रवार बिहान ग १ ख २५३४ र ग १ ख १२२५ नम्बरको ट्रकमा बिहान ४:३० बजे राजमार्गको बालगंगा नदीको पुल नजिक रोकेर आगजीनी गरेका थिय  । जंगलबाट  4/7  जनाको समुहमा एक्कसी निस्किएका माओवादी कार्यकर्ताहरुले पोखराबाट सर्लाहीको लालबन्दीतर्फ जादै गरेका ट्रकमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । माओवादीले भने घटनाको जिम्मा लिएका छैनन ।
माओवादीले आह्वान गरेका बन्दको कारण बाराको निजगढ सीमरा क्षेत्रमा विद्यालय बजार र उद्योग समेत बन्द भएका थिए । माओवादी कार्याकर्ताहरुले जिल्ला सदरमुकाम कलैयामा शव सहित प्रदर्शन समेत गरेका थिए ।
यसैबीच मृतकको माओवादी कार्याकर्ताहरुको शुक्रवार साझ नै परम्परा अनुसार दाहसंस्कार गरिने तयारी भइरहेकॊ जानकारी दिएको छ । मृतकहरुको शव कलैयाबाट गंजभवानीपुरस्थित घरमा पुर्याएपछि पसाहा नदीको किनारामा लगेर अन्तिम सस्कार गरिने माओवादी सेक्रटरी मडलले जानकारी गराउनु भयो ।

Comments (3)

  1. niraj says:

    khoii ajai pani bandha nai 6 k ko phirta neeeeeeeeeeeee

  2. sugam la says:

    BANDHA BANDHA I HATE BANDHA

  3. pc says:

    banda bhyo bhane tanna sutna payencha tara …….deuso last aalchi lagcha…..hehe

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad