वन संरक्षणमा सेनाको सहयोग माग

गोकुल घोरसाइने

बारा

काठ तस्करहरुले गाउँ नजिकको वन फडानी गरेर बेच्न थालेपछि संरक्षणकोलागि पसा्रको सोनाबर्षा गाविसका बासिन्दाहरुले नेपाली सेनासंग सहयोग माग गरेका छन ।

वन कर्मचारीहरुसंगको मिलिमतोमा तस्करहरुले एक साताभित्र हजारौ सालका हरिया रुख काटेर बेच्न थालेपछि गाउँलेहरुले जिल्लाको बसन्तपुर इलाका अन्तरगत सोनावर्षा गाविस ७ मा रहेको वन संरक्षणमा सहयोग गरिदिन पसा्र वन्य जन्तु आरक्षमार्फत नेपाली सेनासंग लिखित रुपमा माग गरेका हुन ।

हातहतियारधारी तस्करहरुले सालका रुख छानी छानी काटेर लैजान थालेपछि वन सुरक्षाकोलागि आरक्षको सेनासंग अनुरोध गर्नु परेको सोनावर्षा गाविसका पुर्व गाविस अध्यक्ष अफताम मियाले बताए । वन कर्मचारी र स्थानीयबासिन्दाले वन फडानी रोक्न नसकेपछि आरक्षको सेनाको सहयोग खोजिएको गाउलेहरुको भनाई छ । ुतस्करहरु सेना बाहेक कसैसंग पनि नडराउने भै सके ।ु मियाले बताए ।

वन संरक्षणकोलागि सेना खटाउन माग गर्दै आरक्ष कार्यालयमा स्थानीय १ भन्दा बढीले हस्ताक्षर गरेर बुझाइएको निबेदनमा फडानी भएको वनलाई पसा्र वन्य जन्तु आरक्षको मध्यवर्ति क्षेत्रमा गाभ्न समेत माग गरिएको छ ।

वन कर्मचारीहरुले बेवास्ता गरेपछि स्थानीय केही र सिमापारी भारतबाट आएका तस्कहरुले सोनावर्षा गाविस ७ मा रहेको राष्र्टिय वनबाट गत बिहिवार र शुक्रवार करिव १ हजार ५ सय सालका हरिया रुख काटेर लगेका छन । ट्याक्टर र टायर गाडामा राखेर लगिएको स्थानीयले बताए । गाउँ नजिकरहको चिरान मिलमा काटिएका अधिकाशं रुख भारत पुर्इएको भएपनि केही काठ गाउमा नै राखेका धेरैले लुकाएको भएपनि अधिकास काठ सडक छेउछाउमा राखिएको छ ।

मा लुकाएर राखिएको छ । गाउलॆहरुले हातहतियार सहित आएका तस्करहरुको ठुलो समुहले काठ तस्करले वन कर्मचारीहरुसंग मिलेर पसा्र जिल्लाको भतौडा रेन्जपोष्टको वनमा काटेका रुख सिमापारी भारत बाट एकै दिनमा डेढ हजार भन्दा बढी हरिया सखुवाका रुख काटेर लगेका छन ।
ठुलो संख्यामा आएका तस्करहरुले वन फडानी गरॆर लगॆको सहयाक वन अधिकृत कपिलदेव पटेलले जानकारी दिनु भयो । ुआफु अफिसको कामले विदामा बसेको बेलामा तस्कहरुले सालका रुख काटेर लगेछन ।ु उनले बनाए ।

आरक्षको वनसंग सिमा जोडिएको सो क्षेत्रको वन संरक्षण गर्न नसकेपछि तस्करहरु आरक्षभित्र पस्न्े खतरा बढेकाले यस क्षेत्रको वन संरक्षणमा कार्यालयले र्दा हर्दै जंगलका सबै गाउलेहरुको माग अनुसार राष्टिय वन क्षेत्रभित्र पर्ने वन आरक्षको मध्यवर्ति क्षेत्रमा गाभ्न कानुनले नदिने बताउनु भयो । तर वन संरक्षण गर्न कार्यालयले आरक्षको सेना भने परिचाल गर्न सक्ने उहाले जानकारी दिनु भयो ।सालका रुख काटेर लगे ।ु सोनावर्षा गाविस ७ का रफिक मिया अन्सारीले बताए ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad