बारामा माओवादी कार्यकर्ताको फेरि हत्या

गोकुल घोरसाइने, (बारा),
एकीकृत नेकपा (माओवादी) का तीन कार्यकर्ताको हत्या भएको एक साता पूरा हुन नपाउँदै अज्ञात समूहको गोली प्रहारबाट बारामा मंगलबार राति अर्का एक माओवादी कार्यकर्ताको हत्या भएको छ।

मृत्यु हुनेमा पर्साजल्ला लालपर्सा विसनिवासी माओवादीको भोजपुरा राज्य समितिका सदस्य एवम् पर्साजल्ला क्षेत्र न. २ का सेक्रेटरी राजेश मण्डल रहेका छन्।

बाराको छातापिपरा गाविसस्थित त्रिभुवन राजपथको नितनपुर चोकमा मोटरसाइकल रोकेर पानपसलमा पान किन्दै गर्दा दुइ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले मण्डललाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

मृतक माओवादी कार्यकर्ता मण्डल परवानीपुरस्थित ज्योति स्पिनिङ कारखानामा कार्यरत मजदुरसमेत रहेको प्रहरीले जानकारी दिएको छ। हत्याको जिम्मा ज्वाला सिंहले नेतृत्व गरेको जनतान्त्रिक तर्राई-मधेस मुक्ति मोर्चाले लिएको छ। मोर्चाको बारा इन्चार्ज रुद्रले सञ्चारकर्मीहरूसँग टेलिफोन सर्म्पर्क गरेर हत्याको जिम्मा लिएका छन्।

हतियारधारी समूहको आक्रमणबाट बाराको गन्जभवानीपुर गाविसमा गत बुधबार भोजपुरा राज्य समितिका सदस्य रापप्रकाश यादवसहित तीन जनाको मृत्यु भएको थियो। यसैबीच वीरगन्ज संवाददाताका अनुसार मंगलबार बारामा माओवादी कार्यकतँको हत्या भएको विरोधमा स्थानीय माओवादी कार्यकर्ताले प्रहरीको गाडीमा आगजनी गरेका छन्।

बेलुका अबेरसम्म स्थिति तनावपूर्ण रहेको थियो। मृतक मण्डलको शव वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad