माघे संक्रन्तिका दिन गढिमाई मन्दिरमा भक्तालुहरुको भीड्

जीतलाल श्रेष्ठ
माघ १
बलिका लागि विश्व प्रसिद्ध गढीमाई देविको भाकल तथा पुजाआजा गर्न छुटेका भक्तालुहरुले यसै वर्षको यही माघ १ गते माघे संक्रान्ति र फागु पुर्णिमाका दिन आफ्ना भाकल पुजाआजा तथा मनोकांक्षा पुरा गर्न पाउने थप अवसर पाएका छन् । प्रत्येक ५ /५ वर्षमा लाग्ने बलिका लागि विश्व प्रसिद्ध गढीमाई मेला सम्पन्न भएको सोही वर्ष मात्र सो अवसर भक्तालु तथा दर्शनार्थीहरुलाई दिईने परम्परा बस्दै आएपछि माघे संक्रान्ति र फागु पुर्णिमाको दिन सो अवसर पाईने गरेको हो । विभिन्न कारणले बलि भाकल बोलेका भक्तालुहरुले मुल बलि दिईने दिन बलि दिन नसकेपछि छुटपुटका लागि दिईने वलिको समेत प्रथा परम्परादेखि नै बसाईएपछि यस चार्डमा समेत भक्तालुहरुको घुईचो लाग्ने गरेको छ । छुटपुटका लागि दिईने वलि मुख्य गढीमाई देविको मन्दिर थानमा भने दिईदैन् । त्यसका लागि बाराको वरियारपुर स्थित मुख्य गढिमाईको मन्दिरदेखि करिब ४ सय मिटर दक्षिण तर्फ रहेको मुल पुजारी मंगल चौधरीको घरमा रहेको गढिमाई मन्दिरमा भाकल चढ्ने परम्परा रही आएको छ भने पुजाआजा भने मुख्य मन्दिरमा नै गरिने मुल पुजारी मंगल चौधरीले बताए । भाकलमा रागा बाहेक बोका हाँस कुखुरा लगायत सविककै पशु पंक्षीको बलि दिन सकिने पुजा ब्यवस्थापन समितिले जनाएको छ ।

विधीवत पुजाआराधना साथ गत मंसिर ९ गते राँगा र १० गते बोका बलि दिई २ सातासम्म मेला लागी मेला सकिएको थियो । सत्रौं शताब्दी ताका बरियारपुरका भगवान दास थारुले गाउँमा गढीमाई रुपी त्रिशुल रातारात स्थापना गरेपछि यस ठाउँमा त्यही बेलादेखि मेला लाग्दै आएको लाकोक्ति छ । त्यस ताका दास हत्या अभियोगमा मकवानपुर जेलमा थिए । गढीमाईले उनलाई जेलबाट उनमुक्ति दिलाएपछि दासले गढीमाईलाई यहाँ स्थापना गरेको किमबदन्ती रहि आएको छ । पछि गएर गढीमाईको मन्दिरसँगै मुर्ति बनाईएको हो । अहिले दासकै खलक मंगल चौधरी गढीमाईको पुजारी रहेदै आएका छन् । बलि दिने तिथी भन्दा एक दिन अगावै गढीमाई भगवतीे को तान्त्रिक विधिद्वारा गढीमाईको संस्थापक भगवान दास थारुका सन्ततीको घरमा पुजाअर्चना हुने गरेको छ ।

माघे संक्रान्तिमा हुने बलि पुजाआजा तथा दर्शका लागि मंगलबारदेखि नै भीड लागेको छ । तराईका विभिन्न जिल्लाका दर्शनार्थी लगायत राजधानीका विभिन्न स्थानबाट भारतको विभिन्न स्थानबाट समेत भक्तालुहरु आउने गरेका छन् । विश्व प्रसिद्ध गढिमाई देविको पुजाआजा दर्शन गर्नले मनोकांक्षा पुरा हुने भक्तालुहरु बताउछन् । माघे संक्रन्तिमा हुने यस पुजामा ५ लाखभन्दा बढी दर्शनार्थीहरु आउने मुल पुजारी चौधरीले जानकारी दिए । पुजाआजा बलि तथा मेलालाई ब्यवस्थीत गर्न स्वंयम सेवक खटाईनुका साथै जनपथ प्रहरी सशस्त्र प्रहरी ट्राफिक प्रहरी लगायत सादा पोशाकका प्रहरीहरु समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad