Breaking News
Home / शिक्षा / हाम्रा दानविर दही बाजे

हाम्रा दानविर दही बाजे

प्रलाद तिमल्सिना , निजगढ

दही बाजेका नामले सुपरिचित बारा निजगढका ७६ वर्षिय चतुर्भुज तिमिल्सिना ५० लाख रुपियाँभन्दा बढी दान गरेर जिल्लामै दानवीर कहलिएका छन् । तीन दशकदेखि घरैमा स्  वादिलो दही उत्पादन गररिहेका चतुर्भुजले व्यवसायको सबै मुनाफा सामाजिक र धार्मिक कार्यमा अर्पण गर्ने निधो पनि गरेका छन् ।
Dahi bajae NIjagadh.com Photoदहीबाजेले १५ वर्षअगाडि निजगढमा क्याम्पस बनाउन ५५ हजार रुपियाँ दिएका थिए, र पहिलो दानका रूपमा पछि महायग्यमा पनि लाखौ रकम दिनएक थिए क्याम्पस बनाउन । त्यसपछि सुरु भएको उनको दानबाट यस गाविसमा अनेकौँ धारा, उद्यान, विद्यालय, मठमन्दिर, पाटीपौवा, धर्मशाला बनेका छन् । भन्छन्, “सामाजिक सेवा र पाटीपौवाको सुवास जीवनपर्यन्त रहने हुनाले यसमा रस भिजेको हो ।”
प्राण रहेसम्म सकेको दान जारी राख्ने आकांक्षा राखेका यी मनकारी निजगढमा मात्र सीमित छैनन् । उनले पथलैया, सिमरा, हेटाँैडा, काभ्रेलगायतका स्  थानमा पनि विभिन्न सामाजिक लगानी गरेका छन् । दही बेचेरै दुई छोरालाई डाक्टर र चार्टर्ड एकाउन्टेन्ट बनाएका उनी आफू भने सामान्य साक्षर मात्र छन् । आफ्नो स्  वामित्वमा रहेको अढाइ बिघा जमिन पनि सामाजिक सेवामा नै लगाउने सोचमा रहेका दहीबाजेलाई स्  थानीय समाजसेवी चोला प्रसाद शर्मा बारा जिल्लाकै सर्वश्रेष्ठ परोपकारी भएको बताउँछन् ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com