चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने

ज्ञानेन्द्र शर्मा
माघ १
राष्ट्रिय भूकम्प सुरक्षा दिवस-२०६६ को अवसरमा दाङका चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङको आयोजना र नेपाल पत्रकार महासंघ दाङको सहआयोजनामा भोली विहान साढे ७ वजे पत्रकार महासंघको सभाकक्षमा हुन लागि रहेको कार्यक्रममा भूकम्पको जोखिमबाट वच्ने सम्वन्धि निरन्तर कलम चलाए वापत पत्रकारहरु निमूसंगम र्घर्ती, पाण्डवप्रसाद शर्मा,
श्रीधर भावुक र पुनम डिसीलाई सम्मान गर्न लागिएको हो। कार्यक्रममा भूकम्पीय जोखिम घटाऔं, समुदायको सुरक्षा वढाऔं, विद्यालय अस्पताल घर आवास सुरक्षित वनाऔं भन्ने विषयमा खुल्ला वक्तृत्व कला प्रतियोगिता हुने वताईको छ।
कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायि, शिक्षक, विद्यार्थी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि आयोजक कार्यालयका निमित्त डिभिजन प्रमुखर् इञ्जीनियर प्रदीप गिरीले सवैसंग आग्रह गर्नु भएका थियो।

Comments are closed.

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad