बाराका किसानहरु जडिबुटी खेतितर्फ आकर्षित
गोकुल घोरसाइने
बारा
बाराको सपही र आसपासका गाविसका किसानहरु व्यवसायिक जडीबुटी खेतीतर्फ आकर्षित भएका छन ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढीले भाडामा जमिन उपलव्ध गराएपछि यस क्षेत्रको सपही कोल्हवी ककडी बछनपुर्वा र रामपुर्वा गाविसका किसानहरु जडीबुटी खेतितर्फ आकर्षित भएका हुन ।
कम्पनीको सपही गाविसको तामागढीमा रहेको पांच सय मध्ये साढे तीन सय विगाहा जमिन यहाँका किसानहरुलाई जडिबुटी खेति गर्न भाडामा उपलव्ध गराउदै आएको छ ।
प्रति विगाहा पाँच सय रुपैया भाडा लिएर कम्पनीले किसानहरुलाई जडिबुटी खेति गर्न जमिन उपलव्ध गराउने गरेको छ । यस क्षेत्रका करिव ३ सय किसानहरु ज्डिबुटी खेतिमा संलग्न हुदै आएका छन ।
किसानहरुले लेमनग्रास सिट्रोनेला पामारोजा मेन्था प्रुेन्च र कयामोमाइल गरी छ जातका जडीबुटीको खेती गर्दै आएका छन । यस क्षेत्रका किसानहरुले निजी जमिनमा समेत जडिबुटी खेति गर्ने गरेका छन ।
कम्पनीले खरिद गरेर प्रशोधन समेत गर्ने गरेकाले किसानहरु निजी जमिनमा जडिबुटी खेति गर्न आकर्षित भएको सपही-३ का कृष्णचन्द्र न्यौपानेले बताए ।
ुसबै खर्च कटाएर प्रति कठ्ठा साढे दुई हजार आम्दानी हुन्छ । यो आम्दानी अन्य बाली भन्दा दोब्बर हो । न्यौपानेले भने ।
किसानको नीजी र कम्पनीको जमिन भाडामा लिएर किसानले गर्दै आएको जडीबुटी खेतीबाट वार्षिक साढे सोह्र टन तेल उत्पादन हुने र सो बापत यस क्षेत्रका किसानहरुलाई प्रतेक बर्ष ८० लाख रुपैया भुक्तानी पाउने गरेको कम्पनीका प्रमुख अजय जयसवालले बताए ।
जडिबुटी प्रशोधन र बिक्रीबाट कम्पनीलाई समेत बार्षिक १२ लाख भन्दा मुनाफा हुने गरेको छ । कम्पनीले किसानहरुसंग खरिद गरेको जडिबुटी प्रशोधन गरेर आफैले बिक्री गर्ने गरेको छ ।


