बादरहरु सडकमा
जीतलाल श्रेष्ठ
बारा ।
आहारको अभावमा जंगली बादरहरुको समुह राजमार्ग तथा सडकहरुमा आउन थालेपछि बादरहरुको ज्यान जाने क्रम बढदो छ । राजमार्ग तथा सडकमा गुड्ने यातायातका साधनका ठक्करबाट उनीहरुको ज्यान जाने क्रम बढेपछि बादरको संख्या घट्दै गएको हो । बाराको निजगढ पथलैया पथलैया अमलेखगंज निजगढ चन्द्रनिगाहपुर सडकखण्डको करिब ५६ किलोमीटर दुरिमा पर्ने राष्ट्रिय वन क्षेत्रमा रहेका अमला जामुन हर्रो वर्रो सिन्धुरे लगायतका जंगली फल दिने रुखहरु समेत तस्करहरुले काटी मासेपछि आहाराको अभावमा उनीहरु राजमार्ग तथा सडकहरुमा भौतारिन विवश भएका हुन् । वन डढेलोका कारण समेत सो प्रजातीका रुख विरुवा समेत जलेर नष्ट हुने क्रम बढेपछि जंगली बादरको आहारा संकटमा परेको हो । राजमार्ग तथा सकडमा चल्ले विभिन्न अन्न बोकेका मालवाहक ट्रकहरुबाट मकै धान चामल गेडागुडी लगायतका खाद्यान्नहरु सडकमा झर्ने तथा पोखिने गरेपछि सो खाद्यान्नलाई उनीहरुले आहारको रुपमा लिने गरेका छन् । राष्ट्रिय वन तथा जंगल क्षेत्रका रुखहरु तस्करहरुले समेत काटेर लाने क्रम बढेपछि उनीहरुको सुरक्षीत बासस्थानहरु समेत संकटमा पर्दै गएका छन् । जाडोको याममा घाम ताप्न तथा आहाराको लागि आफ्ना बच्चाहरु समेत राजमार्ग तथा सडकहरुमा आउने गरेपछि तीब्र गतीमा रहेका यातायातका साधन तथा चालकले बादरलाई जिस्क्याउने गरेपछि ज्रगली बादरको ज्यान जाने गरेको हो । सवारी चल्दा चल्दै चालकले बादरलाई जिस्क्याउने गरेका कारणपनि यातायातका साधनहरु दुर्घटना समेत परेका छन् । यसरी राजमार्ग तथा सडकमा छरिएका खाद्यान्न खानकै लागि सडकमा गएकै कारण उनीहरुको ज्यान जाने क्रममा बढी भएको हो । प्राकृतिक वन तथा जंगल क्षेत्रमा बादर हरिण चित्तल मृग मयुर वन कुखुरा लगायतका विभिन्न खाले जनावर पंक्षी समेत रहेकाले नेपालका राष्ट्रिय वन क्षेत्रको विशेष महत्व रहेको विज्ञहरु बताउछन् ।



o ho nikai dukha po raicha hai badhar lai ha ha ha ha
sachai hora sathi any way collllllllllllllllll news thanks Nijgadh.com and jetlal shrstha
hi jitlal dai i m salikram from sundar basti so thanks news
dsi ali gauko kunakuna ma gayera samachar sankalan garera add garnu hola ok bro
hi jitlal dai i m salikram from sundar basti so thanks ur news