सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न

प्रलाद तिमल्सिना
निजगढ

तराई तथा सिवालिककालागि जैविक विविधता संरक्षण कार्यक्रमको सहयोगमा जिल्ला भुसंरक्षण कार्यालले संचालन गरेका आयोजनाहरुको आइतवार निजगढमा सार्वजनिक परीक्षण गरिएको छ ।
कार्यालयले जिल्लाको निजगढ र लालरतनपुरी गाविसमा संचालन गरेका भुसंरक्षण र आयआर्जन सम्वन्धि कार्यक्रमको बारेमा स्थानीय उपभोक्ता समुहका प्रतिनिधिहरुले जानकारी गराएका थिए । कार्याक्रममा निजगढ २ को बाघभैरव सुक्ष्म जलाधार संरक्षण समति रतनपुरीको गुम्बा टोल विकास समुह श्रीकृष्ण सामुदायि विकास समुह रतनपुरी र रामथली सामुदायिक बिकास समुहले बायो इन्जिनियरिङ्ग प्रविधिव्दारा संचालन गरेका खोला किनारा संरक्षण कार्याक्रम सिचाई कुलो निर्माण सुक्ष्म जलाधार संरक्षण र भुमी उत्पादकत्व बृद्धि संवन्धि उपभोक्ताहरुले सम्पन्न गरेका आयोजनको बारेमा जानकारी गराइएको थियो ।
बाघभैरव सुक्ष्म जलाधार संरक्षण समतिका अध्यक्ष कृष्णप्रसाद दहालको अधक्ष्यतामा सम्पन्न भएको सो कार्यक्रममा कार्यलयका प्राविधिक राजनारायण साह रामस्वागत रौनियार विरेन्द्रप्रसाद पटेल लेखापाल विन्दुराज पौडेल र स्थानीय संचारकर्मीहरुले समेत कार्याक्रमको बारेमा आफना धारणाहरु राखेका थिए ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad