गुरु र गुरुआमाले चिट चोर्न नपाएको झोकमा वीरगंज तनाव पुर्ण
प्रलाद तिमल्सिना,
बारा ।
बारा, पर्सा र रौतहट जिल्लाका ६ सय ४० जना शिक्षक, शिक्षीकाशरुले चिट चोर्न नपाएको झोकमा परीक्षा हल भित्रै ढुङ्गामुढा गर्दै प्रहरी संग झडपमा उत्रिए पछि केहि वेर वीरगंजको हरीखेतान बहुमुखि क्याम्पस परीसर तनाव ग्रस्त बनेको थियो ।
विशेष पाठ्यक्रम अन्तर्गत १० महिने तालिम प्राप्त शिक्षकहरुको शिक्षण अनुमति पत्र प्राप्तिका लागि आज अनिवार्य अंग्रेजि विषयको परीक्षा दिएका परीक्षार्थीहरुले चिट चोर्न नपाएको विरोधमा नाराबाजी ढुङ्गामुढा गर्दै प्रहरी संग झडपमा उत्रिएका हुन् ।
वीरगंजको हरीखेतान बहुमुखि क्यम्पसमा शुरु भएको सो परीक्षामा बारा पसा्र र रौतहट जिल्लाका ६ सय ४० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको र परीक्षामा क्याम्पस प्रशासन लगाएत निरिक्षकहरुले चिट चोर्न नदिएको र परीक्षा अत्यन्तै कडा रुपमा साचालन गरीएको भन्दै आक्रोसित परीक्षार्थीले परिक्षा दिए लगत्तै क्याम्पस परिषद भित्रै ढुङ्गामुढा र नाराबाजी गर्न लागेपछि प्रहरी र परीक्षार्थी विच झडप भएको थियो ।
यसै विच हरीखेतान बहुमुखि क्याम्पसका प्रमुख डा.भगवान यादव सहितको प्रध्यापकहरुको टोलिले पसा्रका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोईरालालाई भेट गर्दै परीक्षा केन्द्रको सुरक्षाका लागि आवश्यक पहल गर्न माग गरेको छ ।
साथै घटनाको संम्बन्धमा संक्षिप्त प्रतिकृया व्यक्त गर्दै क्यम्पस प्रमुख डा।यादवले विद्यार्थी पढाउने शिक्षक शिक्षीकानै चिट चोर्न नपाएको झोकमा प्रदर्शन ढुङ्गामुढा र झडपमा उत्रिनुले शिक्षण पेसा माथीनै प्रश्न चिन्ह खडा गरेको बताउनु भयो ।


