विशेष सुरक्षा योजना प्रभावहिन

गोकुल घोरसाइने,
बारा
शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकारले लागु गरेको विशेष सुरक्षा योजना मध्य तराईको बारा र पसा्र जिल्लामा निष्प्रभावी बन्न पुगेको देखिएको छ ।
अपराधिक गतिविधि नियन्त्रण गरेर सुरक्षास्थितिमा अवस्थामा सुधार गर्ने उद्देश्यले ल्याइएको सुरक्षा योजना लागु भएपछि पनि जिल्लामा हत्या अपहरण जस्ता अपराधिक कि्रयाकलापमा कमी नआएपछि विशेष सुरक्षा योजना निष्प्रभावी देखिएको हो । तराईमा बिग्रहदो सुरक्षा अवस्थामा सुधार ल्याउने उद्देश्य राखेर सरकारले तीन महिनाअघि यो योजना लागु गरेको थियो ।
सुरक्षा योजना कार्यान्वय गर्ने क्रममा सरकारले आवश्यक स्रोतसाधन र बजेट उपलव्ध गराउन नसकेकाले अपेक्षा गरे अनुसार सफलता प्राप्त गर्न नसकिएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन । साधनस्रोत र जनशक्तिको अभावका कारणले सोचे जति सफलता हात पार्न समस्या परेको बाराका प्रमुख जिल्ला अधिकारीे तारानाथ गौतमले बताउनु भयो । ुसवारी साधन र पर्याप्त इन्धनको समेत छैन । स्रोत साधनको अभावमा सुरक्षाकर्मीले प्रभावकारी काम गर्न नसकेको गौतमको भनाई छ । तराईका सबै जिल्लामा यस्तै समस्या रहेकाले उहाले जानकारी दिनु भयो ।
तराईका जिल्लाहरुमा केही महिना यतादेखि शृङ्खलाबद्ध हत्या गोली प्रहार जबर्जस्ती चन्दा माग तथा फिरौतीका लागि अपहरणका घटना बढनुले सर्वसधारण आतंकित बनेका छन् । अपराधीको निसानामा रहेका व्यक्तिहरु झन् त्रसित छन् । सम्भावित घटनाको बारे प्रहरीलाई सुचना दिने र घटना भईसकेपछि दोषीलाई पक्राउ गर्न नेपाल प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेपनि घटनामा कमी आउन सकेको छैन् । बारा पसा्र रौतहट सर्लाही महोत्तरी धनुषा सिरहा सप्तरीलगायतका आठ जिल्लालाई सरकारले सुरक्षाको दृष्टिले संवेदनशील मानेको छ । यस क्षेत्रमा अपराधका घटनामा अधिकांस आरोपित मिलोमतो र राजनीतिक दबाबमा छुटने गरेकोले घटना कम हुनुको साटो शृङ्खलाबद्ध बढेको छ । खुल्ला सिमानासँगै प्रायः सबै नेपाली र भारतीय अपराधीको साँठगाँठले यस क्षेत्रमा अपराध हुने गरेकोले मानिस भयमुक्त वातावरणमा काम गर्ने स्थितिमा छैन् । अधिकांस घटना फिरौती माग र रिसइबीले नै हुने गरेको सुरक्षा अधिकारीहरुको भनाई छ । नेपाली अपराधी भारतमा आश्रय बनाई अपराधका घटना गराई रहेको उनीहरुले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग मध्यमााचल क्षेत्रीय कार्यालय जनकपुरका अनुसार बारा र पसा्रमा गत एक साता भित्र पाँच जना मारिएका बाहेक बारा पसा्र रौतहट सर्लाही महोत्तरी र धनुषामा गत साउनदेखि मंसिर पाँच महिना सम्ममा विभिन्न पक्षबाट ४३ को हत्या १६ जनाको अपहरण २२ वटा बम बिस्फोटका घटना भएका छन् । जबर्जस्ती चन्दा माग र धम्कीका घटना धेरै छन् । पुसमा ती जिल्लाहरुमा त्यस्ता घटना झन् बढी छन् । औषतमा ती जिल्लाहरुमा प्रत्येक चार दिनमा एकको हत्या प्रत्येक सातामा एकको अपहरण र दिनैपिच्छे विष्फोट तथा धम्कीका घटना भईरहेका छन् । यस्ता घटना सबभन्दा बढी सर्लाहीमा छ । सुरक्षा अभावसँगै अपराधका अधिकांस घटनामा बाहिरी हस्तक्षेप भई अनुसन्धान हुन नसक्दा घटनामा बृद्धि भएको राष्ट्रिय मानव अधिकार आयोगको ठहर छ । सरकारले सुरक्षा योजना लागु गर्न त्यसको तयारी गरिरहेको बेला गत जेठमा हेटौंडामा भएको सुरक्षात्मक क्षेत्रीय गोष्ठीपछि राष्ट्रिय अनुसन्धान विभागले तराईमा बढ्दो अपराध राजनीतिक आवरणमा हने गरेकोले त्यसलाई समयमै नियन्त्रण नगरिए स्थिती भयावह हुनसक्ने सरकारलाई ध्यानाकर्षण गराईसकेको छ ।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad