नयाँ ठाउमा सारे पनि व्यवस्थित हुन सकेन निजगढ हाट बजार

व्यापार समाचार

110 Views

निजगढ हाटबजार नयाँ ठाँउमा सारे पनि अभै व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन । हाटबजार व्यवस्थित गर्न ६/७ महिना पहिले निजगढ  हाटबजार व्यवस्थापन तथा सरसफाइ समिति गठन गरिएको थियो । विगत साढे तीन दशकदेखि सडकनजिकै लाग्दै आएको निजगढ हाटबजारलाई नया वर्ष २०७० वौशाख आरम्भको दिन आइतवार अन्यत्र सारिएको थियो । डेढ बिघाभन्दा बढी क्षेत्रफलमा  हाटबजार सारिए पनि आवश्यक पूर्वाधार खानेपानी, शौचालय, बिजली लगायतको व्यवस्था नहदा ग्राहक र व्यापारी  पहिलो दिनमै समस्यामा परेका थिए । साबिकको सार्वजनिक स्थानबाट  करिब ७५ मिटरभित्र सारिएपछि घरपछाडिको  शौचालयको दुर्गन्धले हाट भर्न आउने ग्राहक र व्यापारीहरूले निकै दुःख पाएका छन् । नयाँ हाटबजार स्थल निजगढ–७ गुम्बाटोलमा वर्षाको पानी जम्ने सम्भावनासमेत अधिक छ र अहिले बर्षामा सो समस्या खेपि राखेका छन पनि। केही महिनाअघि हाट भर्न आउने ग्राहक, व्यापारीलाई लक्षित गरी जमुनापैनीनजिकै निर्माण गरिएको शौचालय हाटबजार अन्यत्र सारिएपछि बेवारिसे बन्न पुगेको छ । गाउ“ विकास समिति निजगढको करिब डेढ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त शौचालय सडक क्षेत्रभित्र पर्छ । बजार व्यवस्थापन समितिले निजी जग्गा १० वर्षको लागि भाडामा लिएइ हाटबजार व्यवस्थित पार्ने कार्यमा अग्रसर भएपनि सो हाटबजारले दिगो रूप लिन नसक्ने एकथरी सचेत स्थानीयहरू बताउछन् ।  हाटबजारलाई सार्वजनिक जग्गामा सारिएको भए निरन्तरता दिन सकिन्थ्यो । सो नयाँ हाट बजारको उदधाटन काङ्ग्रेका नेता शोभाकर पराजुली र सुरेश खनालले गरेका थिए । पहिलेको भन्दा ब्यापार धेरै कम भएको हाट बजारका च्प्पल जुत्ता ब्यापरी प्रबिण श्रेष्ठले निजगढ डटकमलाई बताए ।