Home / स्वास्थ्य / डाक्टर बिनाको निजगढ अस्पताल बिरामी मारमा

डाक्टर बिनाको निजगढ अस्पताल बिरामी मारमा

nijgadh hospitalप्रलाद तिमल्सिना , मधु श्रेष्ठ 

बाराको निजगढमा रहेको  प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा डाक्टर  हुदा पनि अस्पतालमा नबस्दा उपचारका लागि यस क्षेत्रका एक दर्जन गाबिसका लाखौ मानिस बिरामी पर्दा बिरगन्ज पुग्न बाध्य हुनु परेको छ ।

२०५३ सालमा स्थापित सो केन्द्रमा विगत केही वर्ष देखी निजगढ स्वास्थय केन्द्रमा दरबन्दीमा रहेका डाक्टरहरु आउने तर समय नदिने विरामीहरुको गुनासो रहेको छ । नाम नखुलाउने शर्तमा सोही प्राथमिक स्वास्थय केन्द्रका एक कर्मचारी भने, –‘डाक्टर पुरै समय दिनुहुन्न, प्राइभेट क्लिनिकमा स्वास्थ्य केन्द्रको भन्दा बढी समय दिनुहुन्छ । जङ्गलसंगै रहेको गाउंका आसपासबाट बढ्दो गर्मीले र्सपको विगविगी बढेपछि र्सपदंशका दैनिक तीन/चार विरामी यहां आउने गरेको त्याहाका एक कर्मचारीले  बताए ।  अस्पतालमा आएका विरामीहरुलाई औषधि दिने देखि सामान्य चेकजाँच पनि उहाले नै गर्ने गरेको विरामीहरुले जनाएका छन् ।  डाक्टर अस्पतालमा नभेटिने र औषधी लगायत किन्नको लागि पनि नजिकै मेडिकल नहुनदा विरामीहरु थप मारमा परेका छन् ।प्राथमिक स्वास्थ्य केन्द्रले भरपर्दो उपचार दिन छाडेपछि विरामीहरु पनि त्यहाँ जान छाडेका छन् । स्वास्थ्य केन्द्रमा वातावरण पनि सफा सुघ्घर नहुनु अर्को समस्या रहेको छ । प्रसुती सेवा उपलव्ध गराउने कोठा नजीकै रहेको शौचालय पनि त्यत्तिकै फोहोर अवस्थमा छ । प्रसूति जस्तो संवेदनशीन ठाउमा फोहर हुनु लापरवाहीको पराकाष्ट हो ।केन्द्रमा निजगढ आसपासका विकट गांउ रतनपुरी, लाल, वाग्देव, भरतगंज सिङ्गौल, धियाल, टांगीयाबस्ती, डम्बरपुर लगायतका दैनिक सयौ विरामीहरु यहां आउने गरेका थिए । त्यसो त डाक्टर नभएपछि अरु कर्मचारीपनि बस्ने नगरेको र क्लिनिकमै बसेर दिन बिताउने गरेको आरोप लगाईएको छ । नजानेको र साधन स्रोत नभएपनि सबै प्रकारका चिरफार र काम गर्ने गरेका कारण धेरैले दुःख पाउने गरेको बताईएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com