Home / व्यापार / सहकारीको भिडमा खुल्यो फेरी अर्को नयाँ सहकारी निजगढमा

सहकारीको भिडमा खुल्यो फेरी अर्को नयाँ सहकारी निजगढमा

प्रलाद तिमल्सिना , निजगढ २९ साउन

सहकारीको भिड  बाराको निजगढमा खुल्यो फेरी अर्को नयाँ सहकारी  सेवा बचत तथा ऋण सहकारी संस्था नाम रहेको सो सहकारी सोमवार एक समारोहबीच उद्घाटन भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सिमराका प्रमुख कृष्ण पौडेल हुनुहुन्य्यो । वहाले ‘गाउँ गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने उद्देश्यका साथ सहकारीको ऐन, नीतिमा रहेर जनताको सेवा गर्न सकिने प्रशस्त आधार रहेको बताएका थिए । मुलुकको आर्थिक समृद्धिका लागि सहकारी अति आवश्यक भइसकेको बताउँदै मुख्य अतिथि पौडेलले निजगढमा सहकारीले थोरै समयमा निकै फड्को मारेको बताए । सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशील खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कल्पना खरेलले गरेकी थिइन् । कार्यक्रममा सयौ मानिसको उपस्थिति थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com