Breaking News
Home / व्यापार / अब छिटै साधारण गाडी गुडछन फास्ट ट्र्याकमा

अब छिटै साधारण गाडी गुडछन फास्ट ट्र्याकमा

भौतिक योजनामन्त्री छविराज पन्तले फास्ट ट्र्याक र सुरुङमार्ग दुवै आर्थिक रुपमा सम्भव रहेको Fast Track Nijgadh kathmandu copyबताएका छन्। सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक र निजी क्षेत्रको लगानीमा नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउँदैछ। ‘धेरैले एकै ठाउँमा दुईवटा परियोजना बन्दा समस्या हुन्छ भनेका छन्,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार गरेको अर्थसंवाद कार्यक्रममा उनले भने, ‘तर यी दुवै परियोजना आर्थिक हिसाबले सम्भव देखिएकोले हामीले स्वीकृति दिएका हौ।’
Nijgadh kathmanadu Fast Track Nijgadh.com
उनका अनुसार फास्ट ट्र्याकले पूर्व क्षेत्रको ट्राफिक (सवारी साधन) र सुरुङमार्ग पश्चिम क्षेत्रको सवारी साधनलाई लक्षित गरेर निर्माण भएकोले आर्थिक हिसाबले सम्भव छ। दुवै परियोजना नजिकै रहेकोले धेरैले आर्थिक रुपमा सम्भव नभएको भन्दै सरकारको आलोचना गर्दै आएका थिए। उनले विदेशमा एकै ठाउँमा धेरै सडक सञ्जाल रहेको उदाहरण दिँदै त्यस्ता सडकले मुलुकलाई आर्थिक विकासमा डोर्याउउने काम गरेको दाबी गरे।
‘विकसित मुलुकमा तल पनि सडक माथि पनि सडक हुन्छ। योबाहेक रेल पनि हुन्छ,’ मन्त्री पन्तले भने, ‘हामी एकै ठाउँमा दुईवटा परियोजना बनाउँदैछौ भनेर भन्नुको कुनै अर्थ छैन।’ उनले सुरुङमार्ग निर्माणलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै यो परियोजना असफल भएमा पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी नआउने दाबी गरे।
‘सुरुङमार्ग पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको पहिलो लगानी हो। यसलाई सबैले सहयोग गरेर सफल बनाउनुपर्छ,’ मन्त्री पन्तले भने, ‘यो परियोजना असफल भए निजी क्षेत्र निरुत्साहित भएर पूर्वाधार क्षेत्रमा लगानी आउँदैन।’ उनले सुरुङमार्ग निर्माणमा अग्नि परीक्षा सम्झेर अघि बढ्न आग्रह गर्दै निजी क्षेत्रको अगुवाइबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुने धारणा राखे। उनले रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताउँदै यसलाई पूर्वाधार लगायत उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने सुझाए।
‘रेमिट्यान्सको रकम जग्गा, घर, गाडीजस्ता उपभोग क्षेत्रमा खर्च भइरहेको छ,’ मन्त्री पन्तले भने, ‘अनुत्पादक क्षेत्रमा भएको लगानीलाई पूर्वाधार क्षेत्रमा ल्याएर मुलुकको विकासमा लगाउनुपर्छ। यसतर्फ सबैको पहल आवश्यक छ।’
अर्थ मन्त्रालयका मुख्य आर्थिक सल्लाहाकार चिरञ्जीवी नेपालले बजेटमा निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख वाहकको रुपमा लिएको बताउँदै निजी क्षेत्रले बनाउन लागेको सुरुङमार्गमा सरकारले सबै सहयोग गर्ने बताए। उनले बजेटमा हतारले गर्दा (निजगढ डटकम)सुरुङमार्गसम्बन्धी बुँदा नसमेटिएको बताउँदै यसलाई गल्तीको रुपमा लिइदिन आग्रह गरे।
‘निजी क्षेत्रले बनाउन लागेको सुरुङमार्गमा सबै सहयोग हुन्छ। बजेटमा प्राविधिक कारणले छुटेको मात्रै हो यसलाई अन्यथा नलिइदिन आग्रह गर्छु,’ नेपालले भने, ‘निजी क्षेत्रले बनाउन लागेको परियोजनाबाट मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान हुनेमा विश्वस्त छु।’
नागरिक लगानी कोषका अध्यक्ष एवं अर्थशास्त्री चन्द्रमणि अधिकारीले सुरुङमार्गमा लगानीको विश्वासका लागि सरकारले पनि केही लगानी गर्न आवश्यक रहेको बताए।
‘निजी क्षेत्रले बनाउन लागेको यो परियोजनामा विश्वास जगाउन सरकारले पनि निश्चित रकम लगानी गर्नुपर्छ,’ उनले भने, ‘सरकारको लगानीपछि सर्वसाधारणको विश्वास बढेर लगानी आउन थाल्छ।’ नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बर्खा सकिनेबित्तिकै सुरुङमार्ग निर्माण थालिने जानकारी दिए।
‘वर्षात नसकिएकोले सुरुङमार्ग निर्माण रोकेका हौं। निर्माण थालेपछि नरोकिने हिसाबले अघि बढ्छौं,’ उनले भने, ‘हामीले अहिले पनि निर्माणका लागि आवश्यक तयारी गरिरहेका छौं।’
उनले रेमिट्यान्सको रकम उत्पादनमूलक क्षेत्रमा लगाउने अभियान आफ्नो कम्पनीले थालेको बताउँदै सुरुङमार्गमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी आउने वातावरण सुरु हुने दाबी गरे।
‘विभिन्न रेमिट्यान्स कम्पनीमार्फत रेमिट्यान्सको रकम सुरुङमार्गमा ल्याउने प्रयास थालिसकेका छौं,’ जोशीले भने, ‘यही परियोजनाले अभियान सुरु गर्दैछ।’ उनले सुरुङमार्ग निर्माणमा धेरै जनता सहभागी गराउन संस्थापकको लगानी पनि थोरैनै राखेको बताउँदै यो परियोजनामा दुई लाख नेपाली सहभागी गराउने लक्ष्य लिएको जानकारी दिए। (निजगढ डटकम)नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले सुरुङ खन्नको लागि आवश्यक पर्ने मेसिनरी छनौटको अन्तिम तयारीमा रहेको बताए।
‘हामीले सुरुङ खन्ने मेसिनको छनौट अन्तिम चरणमा छौं। छनौटपछि एलसी खोलेर मेसिन आउँदै गर्छ,’ उनले भने, ‘हामी यहाँ सुरुङको लागि ब्लास्ट लगायतको काम पानी रोकिएपछि थाल्छौं।’ यो समाचार नागरिक दैनिकबाट साभार गरीएको हो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com