Home / समाचार / बाराको रत्तनपुरीमा गाँजा खेती बढ्दो, किन हुदैन कारवाही ?

बाराको रत्तनपुरीमा गाँजा खेती बढ्दो, किन हुदैन कारवाही ?

बाराको रतनपुरीको गाउँमा मौलाउँदै गाँजा खेती | निजगढ डट कम

बाराको रतनपुरीको गाउँमा मौलाउँदै गाँजा खेती | निजगढ डट कम

निरोज खतीबडा | प्रलाद तिमल्सिना , २७  मंसिर निजगढ

बिगत्तका वर्षहरु झै यसपाली पनि बारा जिल्लामा सयाौ बिगाहा जग्गामा लागू औेषध गाँजाको अवैध खेती गरीएको छ । बाराका रतनपुरी स्रि्रौनगढ लगाएतका आधा दर्जन गाबिसमा सयौ बिगाहा गाजा खेती हुदै आएपनि प्रहरीले फडानी र नष्ट गर्ने तर्फकुनै पहल गरेको छैन ।

बाराको रतनपुरीसँग जोडिएका दुई गाविसमा वर्षौ देखि खेती गर्न थालिएको हो । दशकअघि ‘भाङ खान’ स्थानीय जातको गाँजा लगाउने गरिन्थ्यो । यी ठाउँमा उन्नत जातका बीउ पुगेका छन् । उन्नत गाँजा खेती गर्न तराईबाट आएका प्राविधिकले सघाउँछन् । ‘विकासे गाँजाको बीउ उनीहरूले ल्याए, लगाउने तरिका सिकाए,’ कालिकाटार ७ का सिंहबहादुर मोक्तान भन्छन्, ‘हामीले जति बनाए पनि उनीहरू यहीं आएर किनेर लान्छन् ।’

तराईबाट आएका र गाउँका केही व्यापारीले स्थ्थानीयको जग्गा भाडामा लिएर समेत गाँजा लगाएका छन् । अधिकांश किसान आफैंले खेती गर्छन् । मकैबारीको बीचमा गाँजाको ब्याड राखेर बिरुवा हुर्काइन्छ । गाउँमा रहेका प्रहरीले ब्याड देखेका छन् । तर नष्ट गर्न सक्दैनन् । आजकाल त दलाद आफै गाँउ आउछन र नमुना गाँजा लियर जान्छन र फोनमा बार्ता गरेर सिधै भारतीय ब्यापारीले लैजान्छन भन्दछन स्थानिय कान्छा ब मोक्तान । प्रहरीहरु बेला बेला गाँउ आए पनि केहि नगर्ने हुनाले सो गाँजा खेती गर्न तम्सीएका आरोप छ बुद्धिजिबीहरुको ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com