निजगढमा बाघको छाला सहित २ जना प्रक्राउ

समाचार

282 Views

tiger chala found in nijgadh bara nepal news

बाराको निजगढमा आज दिउसो २ जना व्यक्तीहरुलाई प्रहरीले बाघको छाला र हड्डी सहित पक्रेको छ । पक्राउ पर्नेमा मकवानपुर धियाल गाविस ४ का नरेन्द्र भुलन र रतनपुरी बाराका बिकाश लामा रहेको प्रहरीले निजगढ डटकमलाई जनाएका छन । इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी नायब उपरिक्षक विष्णुहरि कोइरालाले निजगढ बजार क्षेत्रमा झोलामा राखेर अन्यत्र लैजाने अवस्थामा विशेष सुराकीको आधारमा चेक जाँच गर्दा पक्राउ परेकाहरुबाट पाटे बाघको सात किलो नौ सय ग्राम हड्डी र एक थान छाला बरामद गरिएको कुरा जानकारी गराएका छन।

कोइरालाले प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका भुलन र लामाले अरुलाई बेच्नको लागि निजगढ बजारको बाटो भएर अन्यत्र लैजाने लोगेको खुल्न आएको कुरा बताए।
दुबै जनाले कुन ठाउँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने खुल्न बाँकी रहेको र अनुसन्धान पछि विस्तारै सबै कुरा बाहिर आउने बताए।

यो सम्बन्धी थप समाचार हामी पुन राख्नेछौ निजगढ डट कम हेर्दै रहनुहोला ।