Home / शिक्षा / श्री गौरीशंकर उच्च मावि वार्षिक उत्सोब सम्पन्न

श्री गौरीशंकर उच्च मावि वार्षिक उत्सोब सम्पन्न

Shree Gauri Shankar Higher Secondary School Nijgadh anniversary Program2

निजगढ, १० माघ

बाराको निजगढमा रहेको श्री गौरीशंकर उच्च मावि निजगढ–७ को ४० औ वार्षिक उत्सोब तथा ३९ औ अभिभावक दिवस विभिन्न कार्यक्रम गरी शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं सभासद् पुरुषोत्तम पौडेलले अबको शिक्षा व्यावसायिक तथा सीपमूलक बनाउन सोही अनुरूप शिक्षा नीति लागु गनर्पुर्ने बताए ।   विद्यालयका प्राचार्य सुदर्शन  कोईरालाले  शैक्षिक तथा भौतिक पग्रति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखापाल रुद्र धितालले प्रस्तुत गरेका थिए । विद्यालयको परीक्षामा प्रथम स्थान हासिल गर्ने छात्रछात्रारूलाई बालचन्द्र किरणबाबू पुरस्कार प्रदान गरिएको थियो । विद्यालयको अक्षय कोषबाट छात्रवृत्तिबापत कक्षा ११/१२ का एक/एक जना विद्यार्थीलाई जनही ५/५ हजार नगद प्रदान गरियो । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य ललितबहादुर बुढाथोकी र अङ्ग्रेजी सड्ढायका प्रअ देवबहादुर वाइवालाई प्रमुख अतिथि पौडेलले कदरपत्रसहित सम्मान गरे । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य तुलसी न्यौपानेले मुख्य अतिथि पौडेललाई सम्मान गर्नुका साथै  दोसल्ला ओढाई मायाको चिनो प्रदान गरे । विद्यालयका सहायक प्रअ रामकुमार शर्मा दाहाल र विद्यार्थी तर्पबाट शारदा खड्काले स्वागत मन्तव्य प्रकट गरेका थिए । उक्त विद्यालयमा विगत ३ वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेकोमा प्रक्रिया पुर्याएर चांडै समिति गठन गरिनुपर्ने  शिक्षक नियुिक्त पारदर्शी ढ·बाट गरिनुपर्ने, सस्तो शुल्कमा पठनपाठन गराउनु पर्नेमा  जोड दिइएको थियो । कार्यक्रममा  विद्यार्थीहरूले गीत, नृत्य, नाटक, प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक बोधनाथ चौलागाईले गरेका थिए  ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com