Breaking News
Home / खेलकुद / रतनपुर गोल्डकप फूटबल प्रतियोगितामा जनकल्याण युवा क्लब बकुलिया विजयी

रतनपुर गोल्डकप फूटबल प्रतियोगितामा जनकल्याण युवा क्लब बकुलिया विजयी

रतनपुरी बारामा सञ्चालित अन्तर्जिल्ला रतनपुर गोल्डकप फूटबल प्रतियोगितामा आइतवार भएको खेलमा १ का विरुद्ध ६ गोल गरी जनकल्याण युवा क्लब बकुलिया बारा विजयी भएको छ । जनकल्याण युवा क्लब बकुलिया बारा र लालबन्दी युवा स्पोटर््स सर्लाहीबीच निर्धारित समय र थप १० मिनेटको समय निकै कडा प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको ५४ औं मिनेटमा लालबन्दी युवा स्पोर्ट्स सर्लाहीका जर्सी नं. १२ का आदित्य चौधरीले पहिलो गोल गरेका थिए ।
दुवै टिमबीच घम्साघम्सीपूर्ण खेलमा ७६ औं मिनेटमा जनकल्याण युवा क्लब बकुलिया बाराका जर्सी नं. ५ का नरेन्द्र चौधरीले आर्कषक गोल गरेपछि निर्धारित समयसम्म दुवै टिम बराबरीमा पुगेका थिए । थप समयमा पनि दुवै टिमका खेलाडीले कुनै गोल गर्न नसकेपछि टाइब्ेरकरमा २ का विरुद्ध ४ गोलले जनकल्याण युवा क्लव बकुलिया बारा विजयी हुन पुगेको थियो । आज भएको खेलमा जनकल्याण युवा क्लब बकुलियाका गोलरक्षक रामअध्य चौधरी म्यान अफ दी म्याच घोषित भएका आयोजक कमिटीका सदस्य सियाराम कुमरले जानकारी दिएका छन् ।
सोमवार पिएल स्पोर्ट्स चितवन र योङ हर्ट युवा क्लब चन्द्रनिगाहपुर, रौतहटबीच कडा प्रतिस्पर्धा हुने जनाइएको छ ।
शनिवार भएको खेलमा नमोबुद्ध युवा क्लब चन्द्रनिगाहपुरको १ गोलका विरुद्ध सनराइज युवा क्लब उमजन बाराले ६ गोल गरी भारी अन्तरले विजयी भएको थियो । बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाही, चितवनका १३ टिम प्रतियोगितामा सहभागी रहेका जनाइएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com