Home / समाचार / हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

जङली हात्तीको आक्रमणबाट मगंलवार एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा रौतहट कनकपुर सिम्रीकी ३० वर्षीया पार्वती माझी रहेकी छिन् । बाराको धन्सार पुल आसपास ज•लबाट कर्कलो लिएर साइकलमा घर फर्कंदै गर्दा हात्तीस“ग जम्काभेट हुँदा हात्तीले माझीको ज्यान लिएको सशस्त्र प्रहरी बल अस्थायी पोस्ट धन्सार बारामा खटेका प्रहरी हवल्दार लोकबहादुर थापामगरले जानकारी दिए । सोही बाटो आइरहेका गा“उलेले घटनाबारे सशस्त्र प्रहरीलाई जानकारी दिएका थिए । घटना बिहान करिब ११ बजे भएको थियो । घटनास्थल धन्सार पुलबाट करिब ३ किलोमिटर दक्षिण बारा वन क्षेत्रमा पर्दछ । मृतक माझीको शव पोस्टमार्टमका लागि रौतहट लगिएको बुझिएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com