Breaking News
Home / समाचार / निजगढमा बिहीवार पीडित परिवारमाथि प्रहरी ज्यादती ,प्रहरीले झनै ज्यादती गर्दै १ राउन्ड अश्रुग्याँस प्रहार (Updated With Photos)

निजगढमा बिहीवार पीडित परिवारमाथि प्रहरी ज्यादती ,प्रहरीले झनै ज्यादती गर्दै १ राउन्ड अश्रुग्याँस प्रहार (Updated With Photos)

 

Nijgadh andonal ausro gas Nepal banda

Photo By Uttam Sharma

 

 

Photo By Uttam Sharma

 

 

 

 

प्रस, निजगढ, ५ पुस

७० दिन अघि अपहरणमा परेका पीडितका परिवारले निजगढमा बिहीवार शान्तिपूर्ण सडक अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले माइकिङ गरी सडकबाट हट्न जानकारी गराए लगत्तै बन्दकर्ताहरूलाई लछारपछार गर्दै बल प्रयोग गरेको थियो । प्रहरीले बलजफ्ती सडक खुलाउन थालेपनि पीडित परिवार सडकबाट हट्न मानेन । प्रहरीले झनै ज्यादती गर्दै १ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । केही बेर सडकमैं तनाव भएपछि स्थानीय बासिन्दाले प्रहरी दमनको खुलेर विरोध गर्दै सडकमा उत्रेपछि प्रहरी पछि हटेको थियो । आक्रोशित स्थानीय बासिन्दा, पीडित परिवारले सडकमा टायर बाल्दै प्रहरी प्रशासनविरुद्ध नारा समेत लगाएका थिए । प्रहरीको बल प्रयोगबाट अपहृतहरूका पत्नी, छोरी, छोरालगायत स्थानीय केही महिलासमेत सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी निजगढ, सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी हस्तक्षेप बढ्न सक्ने अनुमान लगाउँदै टोलबस्तीबाट बन्दमा स्थानीयवासी सरिक हुँदै गएपछि लिखित वार्ताको माध्यमबाट करिब ६ घण्टापछि बन्द खुलेको थियो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्कर, प्रहरी उपरीक्षक दानसिंह बोहोरा निजगढ आई पीडित परिवार र स्थानीय समाजसेवीहरू समक्ष इलाका प्रहरी कार्यालय, निजगढ परिसरमा लिखित प्रतिबद्धता जनाएका थिए । अपहृत श्रेष्ठ र चौलागाईंको खोजी कार्य अझै प्रभावकारी बनाइने, पीडित पक्षलाई दमन गर्ने प्रहरीमाथि कारबाई गर्ने, उनीहरूको खोजी कार्यका लागि केन्द्रीयस्तरको अनुसन्धानका लागि पहल गर्ने, भइरहेका कार्यको १०/१० दिनमा पीडित परिवारलाई जानकारी गराउने लगायत बुँदामा सहमति भएपछि बन्द खुलेको हो । लामो समयसम्म अपहृतबारे प्रहरी प्रशासन, राज्यले खोजी गर्न ढिलाइ गरेको जनाउँदै सडक सङ्र्घषमा उत्रन बाध्य भएको अपहृत श्रेष्ठकी पत्नी रिता श्रेष्ठ र चौलागाईकी पत्नी देव कुमारी चौलागाईंले बताइन् । स्थानीय बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र रेखदेख गर्न असोज २५ गते ज·ल गएका श्रेष्ठ र चौलागाई अपहरणमा परेका थिए । केही सातासम्म सम्पर्कविहीन रहेपनि अज्ञात समूहले पीडित परिवारसँग पहिले ५० लाख, पछि ३० लाख हुँदै १० लाखको फिरौती रकम माग गरेको पीडित परिवारले जानकारी दिएको छ । केही साता अघि रु. १० लाख फिरौती रकम माग गरेपछि अहिले कुनै फोन सम्पर्क नगरेको पीडित परिवारले बताएका छन् । फोन आउने बित्तिकै हरेकपटक प्रहरीलाई जानकारी गराए पनि प्रहरीले सफलता पाउन सकेको छैन । पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा प्रहरी प्रशासन सक्रिय भएर लागिपरेको र विभिन्न शड्ढास्पद स्थानमा सर्च गरिएपनि सफलता पाउन नसकेको तर प्रहरी प्रशासन लागिपरेको बाराका प्रहरी उपरीक्षक दानसिंह बोहोराले जानकारी दिए । आजको ६ घण्टा बन्दमा लामो तथा छोटो दूरीका झन्डै अढाई सयभन्दा बढी सवारी साधन बेलैमा गन्तव्य जान सकेनन् ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com