Breaking News
Home / शिक्षा / गौरीशंकर जिल्ला मै उत्कृट

गौरीशंकर जिल्ला मै उत्कृट

Nijgadh gauri shankar distinction holder

२०७१ सालको एस.एल.सी. परीक्षामा बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. ८ स्थित श्री गौरीशंकर उच्च मा.वि.ले जिल्ला मै उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विद्यालयका प्राचार्य सुदर्शनप्रसाद कोइरालाका अनुसार यस वर्ष १२ जना विशिष्ठ श्रेणी, ३७ जना प्रथम श्रेणी र १९ जना द्धितीय श्रेणीमा गरी कूल ६८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

जिल्ला शिक्षा कार्यालय बाराका अनुसार यस वर्षको एस.एल.सी. परीक्षामा ५९.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराई सामुदायिक विद्यालय तर्फ गौरीशंकर उ.मा.वि.ले प्रथम स्थान हासिल गरेको छ । सामुदायिक विद्यालयको छात्र तर्फ गौरीशंकर कै सदिस खुलालले ८८.५ प्रतिशत र छात्रा तर्फ सोही विद्यालयकी सामना अधिकारीले ८४.५ प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम हुन सफल भएका छन् ।

सो विद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण हुनेहरुमा रोशन बजगाई, विभाष यादव, आशिषकुमार शर्मा, विजय लामा, चन्द्रमणी संजेल, रोशन अलि, प्रतिभा पौडेल, युवराज मैनाली, विशुलाल घलान, विष्णु न्यौपाने छन् । सोही विद्यालयका दिपक खड्का र आदित्य कोइरालाले दुई अंकको कमिका कारण प्रथम श्रेणीमा नै चित्त बुझाउनु परेको छ । उनीहरु दुवैको समान ६३८ प्राप्तांक रहेको छ ।

विद्यालयका लेखापाल रुद्रप्रसाद धितालका अनुसार विद्यालयका तीन विद्यार्थीले गणित विषयमा शत प्रतिशत अंक हासिल गरेका छन् । विशिष्ट श्रेणीमा उत्तीर्ण भएका सदिस खुलाल, विजय लामा र रोशन अली ले गणित विषयमा १०० अंक प्राप्त गरेका हुन ।

अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुने गौरीशंकर उ.मा.वि.का विशिष्ट श्रेणी उत्तीर्ण १२ विद्यार्थीहरु मध्ये ७ जना अंग्रेजी माध्यमका र ५ जना नेपाली माध्यमका रहेका छन् ।

विद्यालयले अघिल्ला वर्षहरुदेखि नै अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीले ९० र नेपाली माध्यममा अध्ययनरत विद्यार्थीले ८० प्रतिशत भन्दा बढी अंक एस.एल.सी. परीक्षामा प्राप्त गरेमा जनही दश हजार रुपैया पुरस्कार दिने घोषणा गरे अनुसार यस वर्ष नेपाली माध्यमबाट ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने पाँचै जना विद्यार्थीलाई जनही दश हजारका दरले पुरस्कृत गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपालले बताउनु भयो ।

स्मरण रहोस २०७० सालको एस.एल.सी. परीक्षामा पनि गौरीशंकर उ.मा.वि.कै छात्र विक्रान्त गौतम र छात्रा आयुषा सापकोटा सामुदायिक विद्यालयका तर्फबाट बारा जिल्ला प्रथम हुन सफल भएका थिए ।

Nijgadh gauri shankar distinction holder1

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com