Breaking News
Home / स्थानिय समाचार / लायन्स क्लब निजगढ पिसमा अध्यक्ष पदम प्रसाद तिमल्सिना

लायन्स क्लब निजगढ पिसमा अध्यक्ष पदम प्रसाद तिमल्सिना

लायन्स क्लब निजगढ पिस

लायन्स क्लब निजगढ पिस

लायन्स क्लब निजगढ पिस शनिबार गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एंव डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवालीले नवगठित क्लबका पदाधिकारी, सदस्यहरूलाई शपथग्रहण गराए ।
लायन्स क्लव मन, वचन र कर्मले शुद्ध मानव कल्याणकारी सेवामा समर्पित संस्था भएको बताउँदै उनले संसारका जुनसुकै कुनाका मानव एकै हुन् भन्ने  मूल्यमान्यतामा आधारित रही आपत्विपत्मा परेका मानवहरूको सहयोगी बन्दै आएको बताए।
जातजाति, सानो र ठूलो भन्ने धारणालाई त्यागी सबै मिलेर अघि बढ्नु नैं लायन्सकर्मीको विशेषता हो भन्दै उनले लायन्सकर्मी हुनुमा गर्व गर्नुपर्ने बताए ।
कार्यक्रमका अतिथि पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन भरत ढु·ेलले लायन्स क्लब निजगढ र नवगठित लायन्स क्लब निजगढ पिसका पदाधिकारी, सदस्यहरूले समाजसेवाका कामहरूमा सक्रिय रही क्लबको गरिमालाई अझ उँचो बनाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा पूर्व गर्भनर मधुकरकुमार उपाध्यायले क्लब अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरेर अघि बढ्ने संस्था भएकोले संस्थालाई जीवन्त बनाइराख्न सम्पूर्ण सदस्यहरूलाई निरन्तर सक्रिय हुन सुझाव दिए ।
कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी सुदर्शनधर प्रधाना·, डिस्ट्रिक टेजरर शिव कटुवाल, एरिया कोअर्डिनेटर विनोदकुमार भारती, रिजन चेयर पर्सन सविन खनाल, लायन्स क्लब निजगढमा पूर्वअध्यक्ष गोपाल न्यौपाने, लायन्स क्लब निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लायन्स क्लब निजगढ पिसका अध्यक्ष पदमप्रसाद तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
निजगढ क्लबका पूर्व अध्यक्ष गोपाल न्यौपानेले आफ्नो कार्यकालमा सबै साथीहरूको सक्दो सहयोग पाएको बताउँदै सञ्चारकर्मीहरूलाई समेत मायाको चिनो  र प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा ४८ सदस्यीय नवगठित क्लबलाई २५ हजार मूल्यबराबरको ज्याकेट मनोजकुमार भारतीले प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन प्रभातकुमार सिग्देलले गरेका थिए ।

 वृक्षरोपण कार्यक्रम 
यसैबीच सोही क्लबको आयोजनामा आइतवार निजगढ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षरोपण कार्यक्रम गरियो ।  कार्यक्रममा सतिसाल, सिमल, बकाइनो, टिक, मसलालगायत विभिन्न प्रजातिका ३ सय बिरुवा रोपिएका क्लबले जनाएको छ ।
वन समूहका अध्यक्ष कुशबहादुर थापा, वन समूहका पदाधिकारी, उपभोक्ता, स्थानीय समाजसेवीहरू वृक्षरोपण कार्यमा सहभागी थिए ।

साभार प्रतिक

पल पलको निजगढ र आसपासको खबरको लागी

हामीलाई फेसबुकमा पछ्याउनुहोस

Nijgadh.com

 

 

lions club nijgadh peace ban bikash tamang

lions club nijgadh peace ban ramkumar lamichhane

lions club nijgadh  ban

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com