Home / खेलकुद / खसी हात पार्यो पुरानो निजगढले

खसी हात पार्यो पुरानो निजगढले

हालै रतनपुरी लालमा सम्पन्न फाइनल फुटबल खेलको उपाधि निजगढ युवा क्लबले हात पारेको छ । उपविजेता हिमाल युवा क्लब ‘बी’  खयरघारीलाई पेनाल्टी प्रहारमा ४ का विरुद्ध ५ गोल गरी निजगढ युवा क्लब विजेता बन्न सफल भएको हो ।

lal returns football kasi

खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसक्दा प्रतियोगिताको नतिजा पेनाल्टी प्रहारबाट भएको हो । गत असोज २० गतेदेखि लाल रिटन्र्स युवा क्लबको आयोजनामा खुला प्रथम संविधान कप स्तरीय नकाउट फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । नजिकिंदो विजयादशमीको अवसर पारेर गरिएको सो प्रतियोगितामा विजेता क्लबलाई एउटा खसी, ४ हजार नगद र उपविजेता टिमलाई एउटा बोका, २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।  समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेलले विजेता क्लबलाई र जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामाले उपविजेता क्लबलाई पुरस्कार तथा प्रमाणप्रत्र वितरण गरे । प्रमुख अतिथि पौडेलले दुवै क्लबलाई १-१ थान फुटबल प्रदान गरे । पौडेलले संसदीय विकास कोषबाट प्राप्त हुने रकममध्ये १५ लाख रुपियाँ  खलेकदु क्षत्रे मा नै  काम  गर्ने बताउदै प्रतियोगिता सञ्चालन भएको खले मैदानका लागि रु १ लाख प्रदान गर्ने घोषणा गरे । खेलको मुख्य रेफ्रीमा सियाराम कुमर, लायन्समेनमा सञ्जय गुरो र धनवीर सिंतानले भूमिका निर्वाह गरेका थिए । स्थानीय आशालाल सिंतान, पञ्चलाल सिंतान, तिलक घलान, एकबहादुर श्रेष्ठ,  गौरी शंकर निजगढका  प्राचार्य सुदर्शन  कोइराला, यादव तिमल्सिना, हस्तबहादुर बल, धन बहादुर श्रेष्ठ, विजय लामा लगायत अतिथि रहेका थिए । कार्यक्रमको सभापति आयोजक क्लबका अध्यक्ष जयबहादुर लामा र सञ्चालन जनक पौडलले गरेका थिए ।

lal returns football

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com