Home / स्थानिय समाचार / दाजुले कोदालो प्रहार गरे भाईलाई

दाजुले कोदालो प्रहार गरे भाईलाई

आफ्नै दाजु र उनकै परिवारको एक समूहले कोदालो प्रहार गर्दा भाइ गम्भीर घाइते भएका छन् । घाइते हुनेमा निजगढ नगरपालिका ४ का ३९ वर्षीय जियालाल कुमर रहेका छन्  भनेर प्रतिक दैनिकले लेखेको छ ।
आफ्नै बारीको साँध  मिलाउने क्रममा बुधवार बेलुकी करिब ४ बजे ४० वर्षीय दाजु शेजीलाल कुमर र निजका परिवारका सदस्य मिली भाइ जियालालमाथि धारिलो कोदालो प्रहार गरेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । घाइते कुमरको टाउकोमा गहिरो चोट लागेको चितवनमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको इप्रका निजगढका इन्चार्ज रामलखन महतोले जानकारी दिएका छन् । घटनामा संलग्न भएकामध्ये घाइतेकी भाउजूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको निजगढ प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य भने फरार रहेका प्रहरीले जनाएको छ । ५ वर्ष अघिको रिसइवी साधेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिएपछि थप कारण खुल्ने प्रहरीको दाबी छ । घाइते कुमरको स्थानीय क्लिनिकमा टाउकोको घाउमा १० वटा टा“का लगाई थप उपचारको लागि चितवन पठाइएको थियो । घाइते कुमरको घर परिवारका अन्य सदस्य नभएको मौका छोप् िनियोजितरूपमा सो घटना गरिएको निजगढ प्रहरीले जनाएको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com