Home / स्थानिय समाचार / निजगढमा हात्ती आतङ्क

निजगढमा हात्ती आतङ्क

nijgadh elephant banana destroyed

निजगढ भमराटोलमा हात्तीले नष्ट गरेको केरा

wild elephant banana

निजगढ नगरपालिका–७ स्थित तारानाथ आचार्य र हरिप्र साद आचार्य को बिहीवार राति केराबाली नष्ट गरेपछि यस वर्ष निजगढमा जड्डली हात्तीको आतड्ढ बढेको छ ।
बच्चासहित आएको१५/२० वटा हात्तीको बथानलेएकै रातमा करिब डे ढ बिघा केराबाली नष्ट गरेको छ, कृषक तारानाथका छोरा होमनाथ आचार्यले भने।

त्यस्तै चन्द्रनिगाहपुर –निजगढ सडकखण्डको धन्सारमा जंगली हात्तीको आक्रमणबाट शनिबार राति राजमार्गमा चल्ने एउटा ट्रकमा क्षती पुगेको छ ।

File Photo

फाईल तस्विर

बीच सडकमै जंगली हात्ती उभिएपछि करिब एक घण्टा राजमार्ग अबरुद्ध बनेको थियो । पश्चिमबाट पूर्व जाँदै गरेको मुसुरोको दाल लोड भएको ना ५ ख ३७२२ नम्बरको ट्रकलाई जंगली हातीले रोकेर सिसा  फुटाइदिएको छ ।ट्रकमा रहेको एक बोरा दाल पनि हात्तीले खाएको छ । ट्रक चालक र सहचालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । केही दिन यता, पूर्व–पश्चिम राजमार्गमा जंगली हात्तीको बथान देखा पर्न थालेपछि राजमार्ग भएर यात्रा गर्ने यात्रुमा डर बढेको छ ।हात्ती धपाउन र अबरुद्ध राजमार्ग खुलाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र निजगढको प्रहरी टोली परिचालित भएका थिए ।

त्यस्तै निजगढबाट सिंगौल जाने बाटैको महेदन्द्र राजमार्गको मुल सडकमा पनि गएराति हात्तीले एउटा बस माथि सामान्य क्षती पुराएको बताउछन स्थानिय बासिन्दा टिकाराम अर्याल ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com