Breaking News
Home / स्थानिय समाचार / रोकियो मधेसी मोर्चाको सभा निजगढमा

रोकियो मधेसी मोर्चाको सभा निजगढमा

मधेसी मोर्चाले गर्ने भनेको निजगढमा  सभा  स्थगित भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरुको आयोजनामा हुन लागेको सो कार्यक्रम स्थगित भएको हो ।

बुधवार मात्र बाराको  निजगढमा नागरिक समाजको अगुवाईमा नाकाबन्दीको विरोध र सामाजिक सद्भाबका लागी बृहत र्याली निकालिएको थियो ।   र्यालीमा हजारौ निजगढ बासी सहभागी भए ।
नाकाबन्दी आन्दोलनलाई व्यवस्थित गर्नका लागि आमसभा स्थगित गरिएको मधेसी मोर्चामा आबद्ध दलहरुबाट हिजो जारी संयुक्त विज्ञप्तिमा उल्लेख जनाईएको छ ।  हिजो मात्रै सर्लाहीको नवलपुरमा चुरे भावर र मधेसी मोर्चाका कार्यकर्ताबीच  ठुलो भिडन्त भएको थियो  जसमा मोर्चाका कार्यकर्ता २३ जना घाईते समेत भएका थिए ।

मधेसी मोर्चाका केन्दि्रय नेताहरु महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव आमसभामा उपस्थित हुने भनिएको थियो । महन्त, उपेन्द्र र महेन्द्र आमसभामा आएनन् । महतो मोटरसाइकलमा आउँदै थिए, तर उनी आइनपुग्दै कार्यक्रम विथोलियो ।

मोर्चाका कार्यकर्ताहरु लखेटिएपछि चुरे भावरका कार्यकर्ताले नवलपुरमा प्रदर्शन गरे । उनीहरुले आमसभाका लागि बनाइएको सानो मञ्चलाई तोडफोड गरेका छन् ।

मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडीमा आगजनी गरेका छन् ।

बुधबार निजगढमा निकालिएको र्याली फोटो :- महेश्वर अधिकारी

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com