Home / शिक्षा / निजगढ गौरीशंकर क्याम्पसको ५ औ वार्षिकोत्सब सम्पन्न

निजगढ गौरीशंकर क्याम्पसको ५ औ वार्षिकोत्सब सम्पन्न

ex pm jalanath in Nijgadh bara nepal

आन्दोलन र घुर्कीले मात्र माग पूरा नहुने भन्दै तराई–मधेस, पहाड र हिमालको सम्बन्ध सदीयौंदेखि प्रगाढ रहेको बताउँदै आन्दोलित मधेसवादी दलका नेताले मधेसका जनतामाथि भ्रम छरिरहेको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज बिहीवार निजगढमा बताए  भन्दै प्रतिक दैनिकले लेखेको छ ।
नाकाबन्दीले कसैको हित नहुने बताउँदै जारी संविधानले कसैलाई विभेद नगरेको र यदि विभेद गरिएको छ भने त्यसलाई देखाउन मधेसवादी दलका नेताहरूलाई उनले ठाडो चुनौती दिए । जुनसुकै जातजाति भए पनि हामी नेपाली हौं । नेपाली हुन जातजातिभन्दा माथि उठन उनले आग्रहसमेत गरे ।
हामी सबै नेपाली नेपालको हित, विकास सुदृढ गर्न, समृद्धिका निम्ति मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै सधैंभरि नाकाबन्दी सम्भव छैन । न भारतले सघाइरहन सम्भव छ, न हामीले सहिरहन नैं सम्भव छ । यो नाकाबन्दी केही समयमा नैं टुट्ने नेता खनालको दाबी थियो ।
यदि नाकाबन्दी जारी रहे मुलुकले विकल्प खोज्छ । तर कसैका सामु झुक्दैन । नाकाबन्दी गरेर, बन्द गरेर कसैको हित नहुने, दु:ख दिन नहुने नेता खनालको भनाइ थियो । भारत र भारतीय जनता, नेपाल र नेपालीका लागि सदीयौंदेखिको मित्र हो । हामी भारतसँग मित्रता चाहन्छौं । तर नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वतन्त्रताको निम्ति कहिल्यै पनि कसैसँग नझुक्ने उनले भने । संविधान संशोधनका नाममा राष्ट्रिय हितका निम्ति घुँडा टेक्न नमिल्ने भन्दै आफ्नो पार्टी नेकपा एमाले तराई–मधेस विरोधी नभएको प्रस्ट पार्दै नेता खनालले शोषण–उत्पीडन गरेर जमिनदार बनेर बसेकाहरूमाथि चोट पुर्‍याएको भन्दैमा नेकपा एमाले मधेस विरोधी पार्टी भनेर आरोप लगाउन नमिल्ने उनको जिकिर थियो ।
जारी संविधानमा तराई–मधेस, पहाड, हिमालका जनताको मौलिक हक, अधिकार कटौती नभएको, यदि त्यस्तो छ भने देखाउन र बहस गर्नसमेत उनले आन्दोलनरत पक्षलाई मञ्चबाटै चुनौती दिए । यदि छुटेको छ भने फेरि संविधान संशोधनमार्फत् सम्बोधन गर्न आफू र आफ्नो पार्टीसमेत लाग्ने उनको भनाइ थियो । लामो नाकाबन्दीका कारण १० खर्बभन्दा बढी र भुकम्पका कारण ८ खर्बभन्दा बढीको मुलुकले नोक्सानी बेहोर्नु परेको उनले बताए । आज बारा निजगढको गौरीशड्ढर क्याम्पसको ९ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा गौरीशड्ढर क्याम्पस निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूलाई कदरपत्रसहित
सम्मान पनि गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी शिवप्रसाद तिमल्सिना, मजहर मन्सुरलगायतले बोलेका थिए ।
स्वागत मन्तव्य क्याम्पस प्रमुख रामप्रसाद गौतम, शैक्षिक विवरण गोविन्द अधिकारी, आर्थिक प्रगति प्रतिवेदन दिपक श्रेष्ठले प्रस्तुत गरे । सो क्याम्पस सञ्चालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बोधनाथ चौलागाईंले गरेका थिए ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com