You are here
Home > स्थानिय समाचार > निजगढमा यसरी मनाइयो नेपाली टोपी दिवस (फोटो फिचर सहित)

निजगढमा यसरी मनाइयो नेपाली टोपी दिवस (फोटो फिचर सहित)

55 Views

‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने सद्भावका साथ शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस निजगढना मनाइएको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर शुक्रबार बिहान निजगढका बिभिन्न स्थानमा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।

केहि दिन अघि देखी सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह निजगढ शहिदचोकमा भेला भएका थिए । भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली टोपी अनिवार्य लगाउनुपर्ने सर्त राखिएको थियो । युवाहरुले अंग्रेजी नयाँ वर्षको दिनमा नेपाली पोशाक लगाउनुपर्ने अभियान सञ्चालन गर्दै आएका छन् । सोही समूहले गत वर्ष पनि टोपी दिवस मनाएको थियो ।

त्यस्तै निजगढ गौरीशंकर उ मा वि का सम्पुर्ण शिक्षाकहरुले पनि एक साथ नेपाली टोपी लगाएर टोपी दिवस मनाएका छन ।

International topi divas celebrated in nijgadh
International topi divas celebrated in nijgadh

international topi divas at nijgadh1
international topi divas at nijgadh gs

international topi divas at nijgadh gs school
topi @ GS nijgadh

Top