Breaking News
Home / समाचार / मधेसी मोर्चाका कार्यकर्तालाई यसरी लखेटे स्थानियले

मधेसी मोर्चाका कार्यकर्तालाई यसरी लखेटे स्थानियले

फाईल तस्विर

फाईल तस्विर

महिनौ देखीको जारी मधेसी मोर्चाको बन्दले   नेपाल अस्थ व्यस्थ बनेको बेला  जनकपुरमा स्थानीयबासी र ब्यापारीले पसलमा तोडफोड गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेका छन् । साथै दुई वटा मोटरसाइकल समेत जलाइदिएका छन् ।

लामो समयदेखि जनकपुरका पसलहरु बन्द छ । तर, व्यापारीहरुले बेला बेलामा सरसफाइका लागि खोज्ने गरेका छन् । सधै बन्द बन्द के हामीले आफ्नो जाहान पाल्नु पर्दैन भन्दै  अन्त्त बन्दको प्रतिकारमा उठे स्थानिय ।

मोर्चा नेताहरूले कांग्रेस र एमाले कार्यकर्ताले जुलुसमा अवरोध गरेका अारोप लगाएका छन्। स्थानीयको प्रतिकारका क्रममा सद्भावना पार्टी अध्यक्ष संजय सिंहको ज २ प ५४१९ नम्बर र तमसपा जिल्ला अध्यक्ष रूपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा अागजनी भएको छ। दुबै मोटरसाइकल पूर्ण क्षति भएको छ। मोर्चा कार्यकर्ताले पसल बन्द गराउँदै हिडेपछि झडप भएको बताइएको छ।

बिहीबार मोर्चाका कार्यकर्ताले जानकी चोकमा पसल खोलेको भन्दै लाठी प्रहार गर्दै तोडफोड गरे । त्यसको स्थानीय र व्यापारीले प्रतिकार गरेका हुन् ।

जनकपुरमा अहिले पनि तनाव कायमै छ ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com