शहिद हिरालाल स्मृति तेस्रो निजगढ गोल्ड कप प्रतियोगिता सुरु हुदै

खेलकुद

88 Views

nijgadh goldcup

बाराको निजगढमा २०७२ फागुन ८ गते शनिवार देखि शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप २०७२ आयोजना हुने भएको छ । संचालन हुँन लागेको शहिद हिरालाल स्मृति तेस्रो निजगढ गोल्ड कप  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । यस पटक खेलको आयोजना न्यु जनजागृती युवा क्लबले गर्ने र खेल निजगढ न.पा ५ स्थित पुर्वटोलमा रहेको शहिद स्मृती खेल मैदानमा गोल्डकप आयोजना हुने अध्यक्ष थानेश्वर सापकोटाले बताउछन ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर विष्टले उद्घाटन गर्ने भएको छ । न्यु जनजागृति युवा क्लब निगगढले बुधबार होटल हाईवेमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिईएको हो । प्रतियोगिताको विजेता टोली ५० हजार नगद र कप तथा मेडल पाउने छन । पत्रकार सम्मेलनमा विभिन्न क्लवका पधारिकारीहरु र अन्य बुद्धिजिब्बिको उपस्थिती थियो ।

प्रतियोगितामा चपुर ११ रौतहट, कस्तुरी युवा क्लब लाहान, विरगंज युथ एकेडेमी पर्सा, एबीसी क्लब काठमाण्डौ, हेटौडा ११ मकवानपुर, लालबन्दी स्पोर्टस क्लब बारा युथ एकेडेमी, निजगढ युवा क्लब, आर एफ सी क्लब चितवन, मौवादेवी युवा क्लब बारा, न्यु जन जागृति युवा क्लब सहभागि हुने जनाएको छ ।